१५ औं वार्षिकोत्सवमा मुक्तिनाथ विकास बैंकले जनकपुरमा बाँडे राहत खाद्यान्न समाग्री
क्षेत्रीय प्रबन्धक प्रभास झाका अनुसार ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

२०७७ पुस १९ आइतबार, दिउँसो २:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । “जनता बैंक मा होइन, बैंक जनता मा जानू पर्द्छ” भन्ने मुल नाराका साथ आफ्नो १५ औं स्थापना दिवसको अवसरमा जनकपुरको अनाथ आश्रम र वृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ ।
मुक्तिनाथ विकास बैंकले १४ औँ वर्ष पार गरी १५ औँ वर्षमा प्रवेश गरेको अवसर पारेर जनकपुर शाखा तथा क्षेत्रीय शाखा सहित शाखा कार्यलय पीडारी चौकको सँयुक्त आयोजनामा आईतबार जनकपुरधामको अनाथ आश्रम तथा वृद्धाश्राममा खाद्यान्न सामाग्री तथा न्यानो लत्ता कपडा वितरण गरेको हो ।
मुक्तिनाथ विकास बैंकका प्रदेश नं. २ का क्षेत्रीय प्रबन्धक प्रभास झाको अगुवाईमा जानकी वृद्धाश्रम तथा सद्गुरु कबीर अनाथ बाल वात्सल्य आश्रममा फलफुल तथा कपडा वितरण गरिएको हो।
जानकी वृद्धाश्रममा रहेको १८ वटा आमाहरुलाई न्यानो कपडा तथा फलफुल वितरण गरिएको छ । त्यस्तै अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई लत्ता कपडा तथा खद्यान्न वितरण गरिएको छ ।
हाल अनाथ आश्रममा १९ वटा बाल बालिका रहेको छ। आश्रमका सञ्चालक सन्त आलोकले बताएका छन् । कपडा तथा फलफुल वितरण कार्यक्रममा बैंकका कर्मचारी हरुको उपस्थिति रहेको थियो ।
क्षेत्रीय प्रबन्धक प्रभास झाका अनुसार ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, डिम्याट खाता,ए।टी।एम।सेवा, क्यूआर पेमेन्ट सेवा ,घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता बैंकका क्षेत्रीय प्रबन्धकले गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…