लायन्स क्लवको निःशुल्क डायबिटिज परीक्षण
वर्तमान विकसित युगमा नसर्ने रोग समुदायमा लुकेर रहेको हुनाले यसको समयमै परीक्षण तथा उपयुतर्m उपचार गरेको खण्डमा हामी स्वस्थ्य रहन सक्छौँ भन्ने भनाई अध्यक्ष श्रेष्ठको रहेको थियो ।

२०७७ पुस १५ बुधबार, बेलुकी ६:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको लायन्स क्लव विराटनगरले निःशुल्क स्वास्थ्य शिविर चलाएको छ ।
क्लबले विराटनगरको शान्तिवनमा संचालित योग सिविरमा सहभागी भएका व्यक्तीहरुलाई निःशुल्क मधुमेह तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स÷लियो क्लव बिराटनगर मोरङ्ग र लायन्स लियो क्लव गोग्राहको संयुक्त आयोजनामा रक्तचाप परीक्षण लगायत मधुमेह रोगको निशुल्क परीक्षण गरीएको हो ।
जसको लागि लागी प्रविधिक सहयोग मोरङ्ग सहकारी अस्पताल र कोशि हेल्थ ईन्स्टिच्युटले गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरमा ८० जना महिला तथा पुरुषको परीक्षण गर्दा १२ जनालाई मधुमेहको जोखीम रहेको प्रारम्भिक चरणमा देखीएको बताइएको छ ।
यसै गरी १७ जना लाई उच्च रक्तचाप रहेको देखीएको थियो । प्रारम्भिक जाँच पछि मोरङ्ग सहकारी अस्पतालका डाक्टर हरी खनालले आवश्यक सल्लाह सुझाव समेत दिएका थिए ।
शिविरमाआवश्यक जाँच सहित उच्च रक्तचाप र मधुमेहले मानव शरीरमा के कस्ता असर पुर्याउछ भन्ने विषयमा डाक्टर खनालले सचेतिकरण गराएका थिए ।
लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ का जोन चेयरपर्सन श्री सुर्य नारायण चौधरीले रक्तचाप तथा मधुमेहलाई कसरी रोकथाम र नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा पनी प्रकाश पारेको थिए ।
चौधरी लामो समय देखी जनस्वास्थ्यका क्षेत्रमा काम गर्दै आईरहेका जनस्वास्थ्यकर्मी तथा जनस्वास्थ्य विज्ञ हुन । यस कार्यक्रममा लायन्सका रिजन चेयरपर्सन चन्द्रमणि गुरागाई, लायन्स क्लव अफ बिराटनगर मोरङ्गका अध्यक्ष ममता श्रेष्ठले आफ्ना भनाईहरु राखेको थिए । यस कार्यक्रममा स्थानिय लगायत लायन्स तथा लियोका पदाधिकारीहरुको पनी उपस्थिति रहेको थियो ।
वर्तमान विकसित युगमा नसर्ने रोग समुदायमा लुकेर रहेको हुनाले यसको समयमै परीक्षण तथा उपयुतर्m उपचार गरेको खण्डमा हामी स्वस्थ्य रहन सक्छौँ भन्ने भनाई अध्यक्ष श्रेष्ठको रहेको थियो ।
सर्ने रोग सगँसगै नसर्ने रोग पनि उत्तिकौ जोखिममा रहेको हुनाले लायन्स क्लवद्धारा सामाजिक कार्य गर्दै समुदायलाई स्वास्थ्य बनाउनको लागी अग्रसर भुमिका खेलीरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…