जनकपुरः राजमार्गमा भयँकर दुर्घटना, २ जनाको मृत्यू, २ गम्भिर !
तीव्र गतिमा रहेको ट्रक र टयाँकरलाई माछा बोकेको पिकअप भ्यानले असहज पार्दा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुन्धान

२०७७ पुस १५ बुधबार, बिहान १०:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमा रहेको धनुषाधाम स्थितको राजमार्गमा भयँकर सवारी दुर्घटना भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ मालटोल धारापानी स्थित भारतीय ट्रक र ईन्धन बोक्ने टयाँकर एक जुध्दा २ जनाको मृत्यू भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मालटोल स्थि रहेको घुमाउँरो बाटो स्थित पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको तथा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयाँकरलाई सोही भारतीय ट्रकमा ठोक्कि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी को १ ख २३३८ टयाँकर चालक प्रदेश नम्बर १ को मोरँग विराटनगर वडा नम्बर ४ बस्ने बर्ष ३६ को अर्जुन कुमार मण्डल र भारतीय ट्रक चालक बर्ष २० का रँगीला कुमारको मृत्यू भएको हो ।
टाउकोमा गम्भिर चोट लागेका अर्जुन मण्डललाई जनकपुरको प्रादेशिक अस्पाल लैजाँदै मृत्यू भएको बताईएको छ । उनलाई अस्पताल लग्ने वित्तिकै डाक्टरले मृत घोषित गरेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
सोही दुर्घटनाका भारतीय ट्रक चालक रँगीला कुमारलाई समेत जनकपुरको प्रादेशिक अस्पतालमा उपचारकै क्रममा गएराती नै मृत्यू भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा टयाँकरका सहचालक विराटनगर ४ बस्ने धनराज यादव गम्भिर घाईते भएको छ भने उनलाई थप उपचारको लािग विराटनगर लगिएको प्रहरीले न्यूज ब्यूरोसँग भने ।
भारतीय ट्रक चालकको सहचालक समेत गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ भने उनको अवस्था पनि गम्भिर रहेको छ ।
गएराती करिब १२ बजेको समयमा भएको सो दुर्घटना त्रिकोणीय दुर्घटना भएको बताइएको छ । तीव्र गतिमा रहेको ट्रक र टयाँकरलाई माछा बोकेको पिकअप भ्यानले असहज पार्दा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुन्धान गरिएको प्रहरीले न्यूज ब्यूरोसँग भने ।
ठक्करले राजमार्गमै चल्नै नसक्ने अवस्थामा रहेको दुवै सवारीलाई जेसिबीको माध्यमले हटाएको हो । सबै सवारी प्रहरीको निगरानीमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…