राणासँग लडन पछि नहटेका काँग्रेस ओलीसँग पछि हटछ ? : नेता ढुँगाना
केपी ओलि सरकारले असंवैधानिक तबरले संसद बिघठन गरेको र संविधान बिपरित भएकोले अब जनता चुप लागेर नबस्ने भन्दै देशमा अब मात्र काङ्ग्रेस विकल्प नरहेको धनुषाधाम नगरपालिका मेयर समेत रहेका जिल्ला सद्स्य बालेश्वर मण्डलले बताए ।

२०७७ पुस १३ सोमबार, बेलुकी ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद ढुँगानाले ओलीको कदम विरुद्ध सशक्त रुपमा काँग्रेस प्रस्तुत हुने बताएका छन् ।
उनले राणाकालमा राणासँग समेत लडेका नेपाली काँग्रेस केपी ओलीसँग लडन कुनै कसर बाँकी नराख्ने बताए । जनताका लागि हक अधिकार पाउन काङ्ग्रेस राणा संग लडाइमा कहिले पछि नहटेको काँग्रेस कम्यूनिष्टसँगको लडाईमा विजयी हाँसिल गर्ने बताए ।
धनुषा जिल्ला नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को केन्द्रिय कार्यलयको निर्देशन बमोजिम बिरोध कार्यक्रममा मोटरसाईकल रयालीमा सहभागी हुँदै नेता ढुँगानाले कम्युनिष्टको तर्फबाट ओलीको प्रतिगामी कदम विरुद्ध काँग्रेसको लडाई कडा हुने बताए ।
रैली धनुषाधामबाट हंसपुरनगरपालिका ,सबैला नगरपालिका ,हुँदै गणेशमान चारनाथ नगरपालिकाको बिरेन्द्र्बजारमा कोण सभा गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।
क्षेत्रीय सभापती जित नारायण यादवको सभापतित्वमा निकालिएको रयालीमा ढुँगानाको विशेष उपस्थिति रहेको थियो ।
केपी ओलि सरकारले असंवैधानिक तबरले संसद बिघठन गरेको र संविधान बिपरित भएकोले अब जनता चुप लागेर नबस्ने भन्दै देशमा अब मात्र काङ्ग्रेस विकल्प नरहेको धनुषाधाम नगरपालिका मेयर समेत रहेका जिल्ला सद्स्य बालेश्वर मण्डलले बताए ।
सो कार्यक्रममा बिशिस्ट अतिथी पुर्व सांसद पुष्प लाता लामा,राष्ट्रिय सभा उमेदवार भोला पंजियार ,सबैला नगरपालिका मेयर बिजय शंकर साह ,धनुषाधाम उपमेयर बिध्या देवि भुजेल ,महासमिति सद्स्य पदमा दुङ्गाना लगायत क्षेत्रीय सद्स्य वडा सभापतिहरुको मोटो सहभागीतामा रयाली गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…