अब विभिन्न ठाउँमा शहर निर्माण गर्छौ : मन्त्री साह
मन्त्री साह विसं २०६४ देखिका सबै निर्वाचनमा रौतहट–३ बाटै निर्वाचित हुँदै आएका छन् ।

२०७७ पुस १२ आइतबार, बेलुकी ५:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ मन्त्री बनेका प्रभु साहले विभिन्न ठाउँमा शहर निर्माण गर्ने कार्य पहिलो प्राथमिकतामा भएको बताएका छन् ।
आईतबारदेखि शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री प्रभु साहले आफ्नो पहिलो प्राथमिकता शहर निर्माण तर्फ रहेको बताए । उनले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गर्नुपर्नेमा जोड दिए ।
मन्त्रालयमा आईतबार पद बहालीपछि आयोजित स्वागत एवं बिदाइ कार्यक्रममा उनले यसअघि विसं २०७४ मा मन्त्रालय सम्हालेका बेला विभिन्न स्थानमा नयाँ शहर निर्माण गर्ने निर्णय गरेको स्मरण गरे । त्यसबेला जोखिम मोलेर भए पनि विकासका लागि आफूले शहर बनाउने स्थान तोकेको उनको भनाइ थियो ।
“सही कामका लागि जोखिम मोल्न जनप्रतिनिधि र कर्मचारी तयार हुनुपर्छ, यस्तो नभएकैले सम्पन्न विदेशतिर र विपन्न विचलित हुने अवस्था छ, अब यसलाई रोक्नुपर्छ”, उनले भने ।
विघटित प्रतिनिधिसभामा रौतहट ३ नं क्षेत्रबाट निर्वाचित मन्त्री साह यसअघि पनि शहरी विकासकै कार्यभार सम्हाली सक्नुभएकाले अनुभवी मानिन्छ । मन्त्री साह विसं २०६४ देखिका सबै निर्वाचनमा रौतहट–३ बाटै निर्वाचित हुँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…