प्रदेश २ को सबै जिल्लामा जसपाको प्रदर्शन, ओली र भण्डारीको पुतला फुकिए
प्रदेश सदस्य यादवले जसपाका आन्दोलनमा सहभागी हुन् अपिल समेत गरे ।कार्यक्रममा जसपा रौतहटको दर्जनौं नेता कार्यकर्ताको उपस्थिति थियो।
२०७७ पुस १० शुक्रबार, बेलुकी ६:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व घोषित कार्यक्रम अनुसार प्रदेश नम्बर २ को विभिन्न जिल्लामा जनता समाजवादी पार्टीले आज प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेको छ ।
सोही क्रममा सिरहाको मिर्चैयामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको पुतला दहन गरिएको छ । जनता समाजवादी पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला जलाएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै त्यसको विरोधमा पुतला जलाएको स्थानीय नेताले बताए । उनीहरूले संसद पुनर्स्थापनाको मागसमेत गरेका छन् । जसपाका स्थानीय नेताहरूले प्रधानमन्त्री ओलीले मधेशलाई संधै होच्याए पनि वास्तविक देशद्रोही उनी नै रहेकोे बताए ।
ओलीले बाहिर ठूलठूला गफ दिएपनि देशको हितलाई नहेरी व्यक्तिगत स्वार्थमा लागेर देशलाई डुबाउन लागेको भन्दै उनलाई देश निकाला गर्नुपर्ने माग पनि गरे ।
सँजय सहनी, रौतहट
यस्तै, शुक्रवार दिउसो २ बजेको समयमा रौतहटको सदरमुकाम गौरमा पनि पुतला दहन गरिएको छ । पुष ५ मा कायम रहेका संघीय संसद विघटन गरेको विरुद्धमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रहरीलाइ चुनौती दिदै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको हो ।
घोषित कार्यक्रम सम्पन्न गर्न मधेशी क्रान्ति चौकमा जसपाका नेता कार्यकर्ताहरु भेला थिए। पुतला जलाउन नदिने उदेश्यले बाक्लो रुपमा प्रहरी उतारियो ।
कुनै हालतमा पुत्ला जलाउन नदिने प्रहरीको मनासाय थियो। तर प्रहरीले सोचेको कुरा पुरा हुन नदिन जसपाका युवा जुझारु नेता श्याम विहारी यादवले प्रहरी रहेको ठाउ देखि ५० मिटरको दुरीमा आगो लागेर नारावाजी गर्न थाले ।
जलिरहेको पुत्ला निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली दौडेर आए पनि प्रयास सफल हुन सकेन।केपि ओलि देश छोड ,बिधा भण्डारी मुर्दावाद भन्दै पुत्ला जलाउदै जसपा नेताहरुले पुत्ला जलाउदै आक्रोश पोखे।
पुतला दहन पश्चात आयोजित सभामा सम्वोधन गर्दै जनता समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य एवं जिल्ला इन्चार्ज ब्रिज कुमार यादवले रगत बगाएर ल्याएको संघीय गणतन्त्रको नेकपा सरकारले समाप्त पार्ने सड्यन्त्र पुर्वक संसद विघटन गरेको आरोप लगाउनु भएको छ ।
नेता यादवले आन्दोलनको बल आएको संघियता खतरामा रहेकोले जनता समाजवादी पार्टीले रक्षाको निमित आन्दोलनमा होमिएको जिकिर गरे । कम्युनिस्ट पार्टीले संघियता खारेज गर्ने सोच लिएकोले सोच कुनै पनि हालतमा पुरा नहुने ठोकुवा गरे ।
प्रदेश सदस्य यादवले जसपाका आन्दोलनमा सहभागी हुन् अपिल समेत गरे ।कार्यक्रममा जसपा रौतहटको दर्जनौं नेता कार्यकर्ताको उपस्थिति थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…