संसद विघटनको विरोधमा मिर्चैयामा प्रदर्शन, ओलीको पुतला जलाउन दिइएन
तर, बाक्लो संख्यामा परिचालित प्रहरीले पुतला जलाउन दिएनन् । सरकारको निर्णयको देशैभरबाट प्रतिवाद भइरहेको छ ।

२०७७ पुस ६ सोमबार, बेलुकी ६:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा सिरहामा प्रदर्शन भएको छ ।
संसद विघटन असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टीले मिर्चैयामा प्रदर्शन गरेको हो । आइतबार मिर्चैयाको विभिन्न भाग परिक्रमा गरि कटारी चोकमा भएको कोणसभामा स्थानीय नेताहरुले प्रधानमन्त्रीको कदमविरूद्ध आफूहरु प्रदर्शन गरेको बताए ।
जसपाका स्थानीय नेता रामदयाल यादवले सरकारले लोकतान्त्रिक मूल्य र मान्यता तथा संवैधानिक व्यवस्थाकै प्रतिकूल हुने गरी संसद विघटन गरेकोले विरोध गर्नुपरेको बताए ।
विगतको निर्वाचनमा स्थिरताको नारा दिएका प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनदेशको अपमान गरेको जसपा नेता अंजय साहको भनाइ छ । प्रम ओली र नेकपाका नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि देशलाई बर्बादीको बाटोमा पुर्याएको भन्दै जनताले तह लगाउन चनाखो हुनुपर्ने जसपाका रामेश्वर यादवले बताए ।
उनीहरूले संसद विघटन गर्ने असंवैधानिक कदम खारेज गर्न माग पनि गरेका छन् । जसपाका स्थानीय नेताहरुले यहाँ प्रधानमन्त्री ओलीको पुतला जलाउने तयारी पनि गरेका थिए ।
तर, बाक्लो संख्यामा परिचालित प्रहरीले पुतला जलाउन दिएनन् । सरकारको निर्णयको देशैभरबाट प्रतिवाद भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…