बटेश्वर गाउँपालिकामा कुनै किसिमको आर्थिक अनियमितता भएको छैनः अधिकृत यादव
गाउँपालिकाको दरबन्दी तेरिज अनुसार स्वास्थ शाखा प्रमुखनै जेष्ठ र वरिष्ठ भएको प्रमाणकै आधारमा आफूलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको

२०७७ पुस ६ सोमबार, बिहान १०:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा कोरोना कालमा क्वारेन्टाइन व्यवस्थापन र सेनेटेरी प्याड खरिदमा आर्थिक अनियमितता नभएको दाबी निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र नारायण यादवले गरेका छन् ।
केही दिनअघि केही अनलाइन न्युज पोर्टलहरुमा बटेश्वर गाउँपालिकाको बारेमा प्रकाशित समाचारमा कुनै सत्यता नरहेको खण्डन गर्दै त्यस्तो कुनै प्रकारको अनियमितता नभएको दाबी गरेका छन् ।
कोरोना कालमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि मुलुककै सबै स्थानीय तहले क्वारेन्टाइन संचालनमा ल्याएको थिए त्यसैअनुरूप बटेश्वर गाउँपालिकाले पनि क्वारेन्टाइन संचालनमा ल्याएको थियो बटेश्वर गाउँपालिकाले ६ महिना सम्म चलाएको क्वारेन्टाइन सम्भवत मुलुकको ७५३ औं स्थानीय तह भन्दा न्युनतम खर्च भएको निमित्त अधिकृत यादवले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अधिकृत यादवले जारी गरेको विज्ञप्ति अनुसार, प्रमुख प्रशासकीय अधिकृत वा निमित्त प्रमुख प्रशासकीय अधिकृत सामान्य प्रशासन मन्त्रालयले दिएको पत्र अनुसार र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम लेखिएको उल्लेख गरेका छन् ।
छैठौं तह अधिकृत नियुक्ति भएको र १ वर्ष मात्र पूरा भएको तथा पशु शाखा प्रमुख जुनियर रहेकाले त्यस गाउँपालिकाको दरबन्दी तेरिज अनुसार स्वास्थ शाखा प्रमुखनै जेष्ठ र वरिष्ठ भएको प्रमाणकै आधारमा आफूलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको बताए ।
कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषाले बटेश्वर गाउँपालिकाले अधिकार मिचेको कुनै पत्र नपठाइएको दाबी अधिकृत यादवले गरेका छन् । उनका अनुसार स्वास्थ शाखा प्रमुख कार्यलय प्रमुखको जिम्मेवारी आफूले पाएपछि स्वास्थ शाखा संचालन गर्नका लागि हे.अ. प्रदिप कुशवाहा र बरुण यादवलाई काजमा खटाएको छ । छैठौं अधिकृत सुलेखा कुमारी महतोलाई प्रशासन शाखा प्रमुख र योजना शाखा प्रमुखको जिम्मा दिएको छ ।
त्यस्तै, स्यानेटरी प्याडमा खरिद प्रकरणमा उठाइएको प्रश्नमा उनले स्यानेटरी प्याड खरिद कार्यविधिमा उल्लेख भए बमोजिम गाउँपालिकाको बैठकले गरेको निर्णय अनुसारनै खरिद गरिएको तथा यसमा कुनै आर्थिक अनियमितता नभएको दाबी विज्ञप्तिमा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…