प्रदेश २ः आगलगीमा जलेर यादवको मृत्यू
नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा बारुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट रु एक लाख मूल्य बराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो ।

२०७७ पुस ३ शुक्रबार, दिउँसो ३:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराज नगरपालिका–१६ बोरियाका एक ज्येष्ठ नागरिकको शुक्रबार बिहान आगलागीमा परेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज–१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले जनाएको छ । अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा त्यहाँ सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।
नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा बारुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट रु एक लाख मूल्य बराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…