प्रदेश २ः नगरपालिकाले नै तिरिदिए नगरवासीको बिजुली बिल
पछिल्लो हरेक महिनाको अन्तिम हप्तामा नगरपालिकाले नै बिजुली बिल तिरी दिने उहाँले बताउनुभयो । नगर भित्रका हरेक नागरिकलाई निशुल्क बिजुली उपलब्ध गराउने नीति अनुसार बिधुत महसुल नगरपालिकाले नै तिरीदिएको उहाँको भनाई छ ।

२०७७ पुस २ बिहीबार, बेलुकी ५:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को एक नगरपालिकाले आफ्ना नगरवासीको सबै बिजुली बिल तिरिदिएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले आफ्ना नगरबासीले उपभोग गरेको बिजुलीको महशुल भुक्तानी गरि दिएको छ । बुधबार नगरभित्र रहेका ८ हजार ६ सय घरधुरीले खपत गरेको बिजुलीको महशुल नेपाल विधुत प्राधिकरण मौलापुर शाखालाई नगरपालिकाले बुझाएको हो ।
पछिल्लो ३ महिनामा खपत भएको बिजुली बापतको रकम बिधुत प्राधिकरणलाई एकमुष्ट रुपमा तिरी दिएको फतुवा विजयपुर नगरपालिकाले जनाएको छ । फतुवा विजयपुर नगरपालिकाको नगर प्रमुख गोपाल यादवका अनुसार ३ महिनामा खपत भएको बिजुलीको बिल बराबरको करिब ३९ लाख महशुल चेक मार्फत बिधुत प्राधिकरण मौलापुर शाखालाई बुझाईएको हो ।
पछिल्लो हरेक महिनाको अन्तिम हप्तामा नगरपालिकाले नै बिजुली बिल तिरी दिने उहाँले बताउनुभयो । नगर भित्रका हरेक नागरिकलाई निशुल्क बिजुली उपलब्ध गराउने नीति अनुसार बिधुत महसुल नगरपालिकाले नै तिरीदिएको उहाँको भनाई छ ।
सो नगरपालिकाले गत असोज देखि नगर भरिकै सबैको बिधुत महसुल तिरिदिने नीतिगत निर्णय गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…