सिडिओ अफिस धनुषामा दिन अनुसार सेवा, तपाईको पालो कहिले ?
शुक्रबारको दिन धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, मिथिला नगरपालिका र धनौजी गाउँपालिकाको पालो तोकिएको हो । प्रत्येक शुक्रबार यी ४ स्थानीय तहका बासिन्दाहरुले मात्र सेवा पाउने भएको छ ।

२०७७ पुस २ बिहीबार, दिउँसो ४:२१ बजे२ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मा राष्ट्रिय परिचय पत्रको हकमा सेवाग्राहीहरुको लागि सेन्डीकेट लागू गरिएको छ ।
कोरोना भाइरसको प्रकोप रोकथामको लागि राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राहीहरुको भीड हुने भएकोले दिन अनुसार स्थानीय तहका नागरिकहरुलाई सेवा दिने सूचना जारी गरिएको छ ।
दिनानुदिन कोरोनाको प्रभाव बढदै गएको तथा जिल्ला प्रशासन कार्यालय धनुषामा लकडाउन खुलेलगत्तै देखिएको भीडलाई मध्यनजर गर्दै आलोपालो प्रणाली लागू गरिएको हो । धनुषाका सिडिओ बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै धनुषाको १७ वटै स्थानीय तहको लागि दिन तोकेर राष्ट्रिय परिचय पत्रको लागि सेवाग्राही आउन आग्रह गरेका छन् ।
जसको लागि प्रत्येक आईतबार धनुषाधाम नगरपालिका, हँसपुर नगरपालिका र विदेह नगरपालिकाको वासीन्दाहरु मात्र राष्ट्रिय परिचय पत्रको लागि सिडिओ अफिसमा सेवा लिन पाउनेछन् । यी तीन नगरपालिकाका आम जनताले आईतबार बाहेक अन्य कुनै दिन सेवा पाउने छैनन् ।
सोमबार नगराईन नगरपालिका, सबैला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाको पालो तोकिएको छ । प्रत्येक सोमबार यी तीन स्थानीय तहको जनताले मात्र सेवा पाउनेछन भने अन्य पालिकाको नागरिकले तोकिएको स्थानीय तह बाहेक सेवा नपाउने सिडिओ वास्तोलाले जानकारी दिए ।
यस्तै, मँगलबार भने मिथिला बिहारी नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको पालो तोकिएको छ भने बुधबार जनकनन्दिनी गाउँपालिका, औरही गाउँपालिका र लक्ष्मीनीयाँ गाउँपालिकाको पालो तोकिएको हो ।
जारी गरिएको सूचनमा बिहिबार भने जनकपुरधाम उपमहानगरपालिका, बटेश्वर गाउँपालिका र मुखियापट्टि मुसरनीया गाउँपालिकाको पालो तोकिएको हो । जनकपुरधाम उपमहानगरपालिका ठुलो जनघनत्व भएको आधारमा सातामा दुई दिन सेवा दिने भनिएको छ ।
शुक्रबारको दिन धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, मिथिला नगरपालिका र धनौजी गाउँपालिकाको पालो तोकिएको हो । प्रत्येक शुक्रबार यी ४ स्थानीय तहका बासिन्दाहरुले मात्र सेवा पाउने भएको छ ।
सिडिओ अफिसमा अत्यधिक रुपमा हुने गरेको भीडबाट कोरोना सर्ने प्रबल सम्भावना रहेको भन्दै सुरक्षाको दृष्टिकोणले सेवामा सिन्डीकेट लगाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…