दुवै किडनी फेल भएका महरालाई नगर युवा संजालको आर्थिक सहयोग
गरिव विपन्न नागरिकले राज्यबाट पाउने सहयोग अन्र्तगत केही आर्थिक सहयोग स्थानीय सरकारले गर्नु पर्ने संजालका सल्लाहकार तथा अनुशासन समितिका संयोजक रामप्रमेश मण्डलले बताए ।

२०७७ पुस १ बुधबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दुवै किडनी फेल भएका धनुषाका एक पीडितलाई नगर युवा सँजाल धनुषाले आर्थिक सहयोग गरेको छ ।
धनुषाको गणेशमा चारनाथ नगरपालिका वडा नं. ८ पोर्ताहा निवासी ३७ वर्षीय सुवोध महरालाई नगर युवा संजालले आर्थिक सहयोग गरेको हो । दुवै किडनी फेल भएका सुबोधको आर्थिक अवस्था अति नै कमजोर रहेको छ ।
साढे तीन वर्षदेखि रोगले ग्रसित महराको भए भरको सम्पति किडनीको उपचारमा लगाए पनि निको हुन सकेको छैन । रोगले थला परेका महराको आर्थिक अवस्था कमजोर भएकोले थप उपचार गराउन आर्थिक सहयोगको लागि अपिल गरेका छन् ।
उनको सानो १ छोरा १ छोरी र पत्नी छन् । पत्नीले कमाएपछि दैनिक गुजारा चलाइरहेका छन् । सुनौलो गोल्डेन युवा क्लव लवटोली उपाध्यक्ष रामबाबु यादव, नव दुर्गा युवा क्लव पोर्ताहाको अध्यक्ष जिवछ पासवान र उर्मिला पासवानको अगुवाइमा सहयोग गरिएको हो ।
जिवछ पासवानले गाउँमा चँदा उठाएर केही रकम दिएपछि महरा अहिले प्रादेशिक अस्पताल जनकपुरमा डाइलोशिश गराइ रहेका छन् । जिवछ पासवानले नै गणेशमान चारनाथ नगरपालिका स्तरीय नगर युवा संजालमा किडनी पिडित सुवोधलाई केही आर्थिक सहयोग गर्नु पर्ने प्रस्ताव गरेका थिए ।
सो प्रस्तावलाई संजालले अनुमोदन गर्दै नगर युवा संजालका पदाधिकारी तथा सदस्यहरुको सहयोगमा १४ हजार १ सय ६० मात्र पिडित सुबोध महरालाई संजालका अध्यक्ष रमेशलाल यादव सहितको पदाधिकारीले सो रकम हस्तान्तरण गरेका हुन ।
गरिव विपन्न नागरिकले राज्यबाट पाउने सहयोग अन्र्तगत केही आर्थिक सहयोग स्थानीय सरकारले गर्नु पर्ने संजालका सल्लाहकार तथा अनुशासन समितिका संयोजक रामप्रमेश मण्डलले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…