अध्यादेशले सरकारको नियतिमाथि शंका : मन्त्री सोनल
सरकार एक तृतीय शासन तिर अघि बढेकोले यसलाई रोकने क्षमता मधेसी जनतामा मात्र रहेको बताए । लोकतान्त्रिक मुल्य मान्यता विरुद्धको संवैधानिक परिषद्लाइ गम्भीरतापूर्वक लिनुपर्ने मन्त्री सोनलको भनाइ थियो।

२०७७ मंसिर ३० मंगलबार, राति ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । जनता समाजवादी पार्टीका बरिष्ठ नेता शरत सिँह भण्डारी र प्रदेश नं. २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलले सँयुक्त रुपमा पूलको शिलान्यास गरेका छन् ।
महोत्तरीको लोहरपट्टी गाउँपालिका वडा नं. ४ गेरुका– पिपरारी सडकमा पर्ने बिगही नदीको पुलको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । ११० मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुलको लागत १७,७१,०१५७०।९८ रहेको छ भने २०७९ बैशाख २ गते सम्म कार्य समपन्न गर्नुपर्ने छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेता सरद सिंह भण्डारीले तीन तहको सरकार मधेस आन्दोलनले गर्दा भएकोले यसको रक्षा मधेसी जनताले गर्नु पर्ने बताए।
भणडारीले संविधानले दिएको अधिकार् पनि संघ सरकार ले कटौती गरेकोमा खेद प्रकट गरे । कार्यक्रममा बोल्दै मन्त्री नं. २ का भौतिक पुर्वाधार मन्त्री प्रदेश सरकारका जितेन्द्र सोनलले सरकारले ल्याएको संबैधानिक परिषदको अध्यादेशले सरकारको नियत माथी शंका भइरहेको बताए ।
सरकार एक तृतीय शासन तिर अघि बढेकोले यसलाई रोकने क्षमता मधेसी जनतामा मात्र रहेको बताए । लोकतान्त्रिक मुल्य मान्यता विरुद्धको संवैधानिक परिषद्लाइ गम्भीरतापूर्वक लिनुपर्ने मन्त्री सोनलको भनाइ थियो।
कार्यक्रममा संविधानसभा सदस्यद्वय डा. बिजय सिंह, धर्मेन्द्र साह, प्रदेश सांसद जैनुल राइन , सुरिता साह, कौसल किसोर यादव लगायतका साँसदहरुले समेत मन्तव्य राखेको मन्त्री सोनलको स्वकिय सचिब सन्तोष यादबले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…