नगरपालिका कम्प्यूटर प्रविधिसँग जोडिए कार्यसँचालन कुशल तवरले हुन्छ : मेयर बरबरिया
विशिष्ट अतिथिको आसनबाट बोल्दै अधिकृत यादवले वर्तमान परिवेश र प्रविधिको युगमा कम्प्यूटर शिक्षाको अपरिहार्यतालाई मध्यनजर गर्दै सचिवहरुलाई कार्यसँचालन गर्न सजिलो होस भन्ने उदेश्यले तालिम सुरु गरिएको बताए ।

२०७७ मंसिर ३० मंगलबार, बेलुकी ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका (Sahidnagar Muncipality) को वडा सचिवहरुको लागि कम्प्यूटर तालिमको उदघाटन गरिएको छ ।
मँगलबार उदघाटन सत्र राखेर नगरपालिकाको ९ वटै वडाका वडासचिवलाई विद्युतिय कार्य कुशलपूर्वक गर्नको लागि कम्प्यूटर तालिम सुरु गरिएको हो । वडासचिवहरुको लागि ३ महिने तालिमको व्यवस्था गरिएको नगर प्रमुख उदय कुमार बरबरिया (यादव) (Uday Kumar Barbariya) ले बताए ।
उनले कम्प्यूरटसँग नगरपालिकाको सबै निकाय जोडिएपछि सम्पूर्ण कामकार्य पूर्ण पादर्शी हुने विश्वास उनले लिए । उनले सरकारको डिजिटल नेपालको परिकल्पनालाई समेत यो तालिमले टेवा दिने बताए ।
वडाको कार्यहरु तीव्र रुपमा तथा कुशल रुपमा सँचालन गर्नको लागि कम्प्यूटर शिक्षा समेत अति आवश्यक रहेको भन्दै वडासचिवहरुलाई ३ महिनासम्म आधारभूत तालिमदेखि लिएर एडभान्स तालिम दिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादवले जानकारी दिए ।
विशिष्ट अतिथिको आसनबाट बोल्दै अधिकृत यादवले वर्तमान परिवेश र प्रविधिको युगमा कम्प्यूटर शिक्षाको अपरिहार्यतालाई मध्यनजर गर्दै सचिवहरुलाई कार्यसँचालन गर्न सजिलो होस भन्ने उदेश्यले तालिम सुरु गरिएको बताए ।
तालिमको उदघाटन कार्यक्रममा नगर उपप्रमुख शिला देवी कापर, समाजिक सुरक्षा शाखा विष्णुदेव यादव, विकेश कुमार यादव, दिलीप कुमार महरा सहित विभिन्न वडाका वडाध्यक्ष र वडासचिवहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…