तीघ्रामा लुकाएको थियो पेस्तोल, सशस्त्र प्रहरीले बोर्डरबाटै गरे पक्राउ
पक्राउ परेका युवकलाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको उपरिक्षक सेनले बताए ।

२०७७ मंसिर २८ आइतबार, बेलुकी ६:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा एक भारतीय युवक हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ बाट एक भारतिय युवक हतियार सहित पक्राउ परेका हो । सशस्त्र प्रहरीको बेलबिछ्वा बोर्डर आउट पोस्टले भारत बिहार बैरगनिया मुसाचकका २१ वर्षीय नितेश कुमार पटेललाइ नलकटुवा पेस्तोल सहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन ओलिले बताए ।
भारतीय युवक पटेलले दाहिने तिघ्रामा सो हतियार लुकाएर नेपाल प्रवेश गर्दै गर्दा पक्राउ परेको उपरीक्षक ओलिले बताए ।
पक्राउ परेका युवकलाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको उपरिक्षक सेनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…