प्रदेश २ को सिरहा अस्पतालमा पनि पिसिआर (PCR) ल्याब सँचालनमा
पिसिआर प्रयोगशाला उदधाटन समाहरोहलाई सम्वोधन गर्दै मन्त्री साहले कोरोनाको प्रतिकार्यका लागि प्रदेश सरकार केन्द्रको मुख नताक्ने बताउँदै त्यसै अनुरुप आठै जिल्लामा पिसिआर ल्याव स्थापना गरिएको बताए ।

२०७७ मंसिर २८ आइतबार, बेलुकी ५:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा स्थित रहेको सिरहा अस्पतालमा पनि पिसिआर ल्याब सँचालनमा आएको छ ।
अस्पतालमा जडान भएका पिसिआर ल्यावको आईतबार प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उदधाटन गरेका छन।
पिसिआर प्रयोगशाला उदधाटन समाहरोहलाई सम्वोधन गर्दै मन्त्री साहले कोरोनाको प्रतिकार्यका लागि प्रदेश सरकार केन्द्रको मुख नताक्ने बताउँदै त्यसै अनुरुप आठै जिल्लामा पिसिआर ल्याव स्थापना गरिएको बताए ।
सिराहा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न समाहरोहमा जिल्ला समन्वय समिति सिराहाको सभापति,सामाजिक विकास मनत्रालयका सचिव, प्रदेश स्वास्थ्य निर्देशक विजय कुमार झा,प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवण मिश्र, सिराहा नगरपालिका प्रमुख अशेश्वर यादव,धनगढीमाई नगरपालिका प्रमुख, मेसु नागेन्द्र प्रसाद यादव लगाायतको उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…