अस्पतालमा जेसिजको पौष्टिक आहार र सेनेटेरी प्याड
जेसीज सप्ताहअन्तर्गत छैठो दिन मर्यादित महिनावारी दिवस भएकाले जेसीजले महिनावारीलाई मर्यादाका साथ सम्मान गर्ने सन्देश दिन सेनेटेरी प्याड र पौष्टिक आहारा वितरण गरेको जनाएको छ ।

२०७७ मंसिर २५ बिहीबार, बिहान ९:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । राजविराज जेसीजले आज मर्यादित महिनावारी दिवसको अवसर पारेर राजविराजस्थित अस्पतालमा गर्भवती र सुत्केरीलाई पौष्टिक आहार र सेनेटेरी प्याड वितरण गरेको छ ।
जेसीज सप्ताहअन्तर्गत छैठो दिन मर्यादित महिनावारी दिवस भएकाले जेसीजले महिनावारीलाई मर्यादाका साथ सम्मान गर्ने सन्देश दिन सेनेटेरी प्याड र पौष्टिक आहारा वितरण गरेको जनाएको छ ।
महिनावारी, गर्भ र सुत्केरी प्राकृतिक विषय भएकाले लाज मान्न, पाप र अछुतको व्यवहार गर्न नहुने भन्नुहुँदै राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा गरिने हिंसाजन्य कार्यविरुद्ध युवाहरु अग्रभागमा उभिनु पर्ने बताउनु भयो ।
राजविराज जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेशकुमार दासको संयोजनमा भएको कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झा, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाुकर, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेललगायत जेसीजका पदाधिकारीहरु र अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मीहरु सहभागी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…