अब यस्तो बन्दैछ ऐतिहासिक धनुषाधामको 'धनुषद्धार'
कार्यक्रममा वडा नं १ अध्यक्ष बिश्वनाथ यादव,२ का अध्यक्ष प्रभुनारायाण साह ,वडा नं ३ का अध्यक्ष राजकिशोर साह युवा नेता लक्षमी साह , लगायत स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।

२०७७ मंसिर २२ सोमबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको विभिन्न पर्यटकीय स्थलमध्ये प्रदेश नम्बर २ को एतिहासिक धनुषाधाम पनि सौन्दर्यीकरण हुने भएको छ ।
जनकपुरधामदेखि केही दुरीमा रहेको एतिहासिक धनुषाधाम स्थितको प्रवेशद्धारालाई नयाँ रुप दिन लागिएको हो । एक कार्यक्रमबीच धनुषद्धारको धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले शिलान्यास गरेका हुन् ।
नगरप्रमुख मण्डलले पुजापाठ गरि शिलान्यास गरेका छन् । एतिहासिक भएपनि विकासको दृष्टिकोणले पछि पारिएको धनुषाधाम पर्यटकीय स्थललाई अब नयाँ रुप प्रदान गर्न लागिएको मेयर मण्डलले बताएका छन् ।
उनले धनुषाधाम सौन्दर्यकरण लागि नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयद्वारा समन्वय गरि नगरपालिकामा धनुषद्वार निर्माण गरिने र धनुष पोखरी सौन्दर्यकरण समेत गरिने कार्यक्रम रहेको बताए ।

भूमी पूजन कार्यक्रममा नगरकी उपमेयर बिधादेवी भुजेलले नगरमा एउटा धार्मिक अवस्थालाई पनि अगाडि बढाउने हेतु धनुषमन्दिरलाई विश्व चर्चित रहिआएको लाई ब्यबस्थापन गर्न हरेक हिसाबले हामी गर्दैछौ ।
गेट निर्माणका लागि महतो कन्स्ट्रक्सन एन्ड इन्जिनेयरिङ्ग कन्सेल्टेन्सीलाई काम गर्न ठेक्का दिएको छ । कन्स्ट्रक्सनका प्रोपाईटर ई, उमेश महतोले ११ महिना भित्रमै काम सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा वडा नं १ अध्यक्ष बिश्वनाथ यादव,२ का अध्यक्ष प्रभुनारायाण साह ,वडा नं ३ का अध्यक्ष राजकिशोर साह युवा नेता लक्षमी साह , लगायत स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…