प्रदेश नं १ मा २५१ निको, १२३ सङ्क्रमित
सात सय ४३ जनासहित कूल एक लाख ९६ हजार ७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयको भनाइ छ ।

२०७७ मंसिर २१ आइतबार, बेलुकी ७:३७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४६ जना महिलासहित १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
थपिएका सङ्क्रमितमा मोरङमा ४६ मध्ये विराटनगरमा ३४, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा दुई, तेह्रथुम, भोजपुर र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका नौ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा होमआइसोलेशनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट आठ र न्यूरो अस्पतालबाट पाँच, विराट मेडिकल कलेजबाट एक जनासहित २५१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार १५० पुगेको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार १७० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २० जना रहेको मन्त्रालयले जनाएको छ ।
सात सय ४३ जनासहित कूल एक लाख ९६ हजार ७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…