सांसद महतोको पहलमा बटेश्वर गाउपालिकाका छात्रछात्रालाई पुस्तक र झोला
आफन्त नेपालको सहयोगमा निम्न माध्यमिक बिधालय बटेश्वरमा पुस्तक ,झोला बितरण गरिएको छ । गाउँपालिका भरिका बिद्यार्थीलाई सो समाग्री बितरण गरिएको छ ।

२०७७ मंसिर २० शनिबार, बिहान ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश साँसद सत्रुधन महतोले बालबालिकाहरुलाई झोला तथा पुस्तक वितरण गरेका छन् ।
धनुषाको बटेश्वर गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पठनपाठन सहजताको लागी झोला तथा पुस्तक वितरण गरेको हो । गाउँपालिकाका बालबालिकालाई शिक्षमा सहज पहुँच बनाउ हेतु शैक्षिक समाग्री वितरण गरिएको बताए ।
बटेश्वर गाउँपालिकाको निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकको अध्यक्षता तथा धनुषा निर्वाचन क्षेत्र नंं. ४ (क) का प्रदेश साँसद महतोको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक समाग्री वितरण गरिएको हो ।
गाउँपालिका शिक्षा क्षेत्रमा झन मजबुत हुने गरी बिद्यार्थी लाई आधुनिक क्षेत्रमा मजबुत हुने बिशावास राखी बितरण गरिएको छ । अझै शिक्षामा जोड दिने काम जारी राख्ने सांसद महतोले बताए ।
आफन्त नेपालको सहयोगमा निम्न माध्यमिक बिधालय बटेश्वरमा पुस्तक ,झोला बितरण गरिएको छ । गाउँपालिका भरिका बिद्यार्थीलाई सो समाग्री बितरण गरिएको छ ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी ,समाजसेवी ,शिक्षक, अभिवावकहरुको व्यापक उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…