कलिलो उमेरमै बुवा गुमाएका साहलाई युवा फोरमहरुद्धारा २६ हजार सहयोग
सोको लागि अर्जुन मिश्रा, जय साह, मुन्ना प्रधान, रवि नायक, ललन नायक लगायतकाले आर्थिक सहयोगको लागि सहयोग गरेको बताइएको छ ।

२०७७ मंसिर १८ बिहीबार, बिहान १०:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कलिलो उमेरमै बुवा गुमाएका धनुषाका एक जनालाई युवा फोरमहरुले आर्थिक सहयोग गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था बस्ने धीरज साह सोनारलाई बुवाको किरिया खर्च भन्दै २६ हजार रुपैयाँ सहयोग गरेको हो ।
नेपाल भारत वल्र्ड डेभलप्मेन्ट फोरम र कुर्था यँगस्टरले सँयुक्त रुपमा सो रकम हस्तान्तरण गरेको हो । सेवा नै धर्म हो मूल मर्म भन्दै युवाहरुको सो समूहले आर्थिक अवस्था दयनीय रहेका साहलाई सानो सहयोग गरिएको फोरमका उपाध्यक्ष रजनीश साहले जानकारी दिए ।
सोको लागि अर्जुन मिश्रा, जय साह, मुन्ना प्रधान, रवि नायक, ललन नायक लगायतकाले आर्थिक सहयोगको लागि सहयोग गरेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…