बर्दिवास पुनः तनावग्रस्त, गोली नचलाउन आदेश, राजमार्ग अवरुद्ध !
अहिले बर्दिवासको अवस्था तनावग्रस्त रहेको छ भने मोटो सँख्यामा प्रहरी परिचालन

२०७७ मंसिर १० बुधबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ६ बर्षिय बालिकाको बलात्कारपछि हत्या गरिएको विरोधमा स्थानीयवासीहरु आज (बुधबार) पुनः बर्दिवास तनावग्रस्त बनाएको छ ।
मँगलबार प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको गएराती नै मृत्यू भएपछि बर्दिवासमा अहिले विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरिरहेको छ ।
प्रदर्शनकारीहरुले प्रहरीको गोली लागेर स्थानीय सँजय उर्फ बुद्धिबहादुर न्यौपानेको मृत्यू भएपछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर राजमार्ग अवरुद्ध गरेको हो । प्रहरीले मँगलबार गोली चलाएपछि भएको मानवीय क्षतिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले भीड नियन्त्रणको लागि गोली नचलाउन आदेश गरेको बुझिएको छ ।
हवाई फायर र आँश्रुग्यासले मात्र भीडलाई तितरबितर पार्न भन्दै गोली नचलाउन आदेश दिएको हो । अहिले बर्दिवासको अवस्था तनावग्रस्त रहेको छ भने मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…