सँकटको बेला सहयोगी भावना राखौं : नेता दँगाल
राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतीले सरसफाईबारेमा समुदायलाई पुर्नताजकी होस् भनेर साबुन वितरण गरिएको जानकारी दिएका छन् । उनले देशका विभिन्न स्थानमा संस्थाले सहयोग गर्दै आएको उल्लेख गर्दैैै संस्थाले उपलब्ध गराउने निःशुल्क कानुनी सहायता, मनोपरामर्श सेवा आवश्यक परेमा सहयोग गरिने बताउनु भयो ।

२०७७ मंसिर ९ मंगलबार, दिउँसो १:५१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश २ कमिटी सदस्य रबिराज दंगालले संकटको बेलामा सहयोगी भावना राख्नुपर्ने बताएका छन् ।
राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा बाराको निजगढ नगरपालिका वडा नं. ८ खयरघारीमा भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका युवा नेता दंगालले कोरोनाको संकटमा आर्थिक रुपमा कमजोर वर्गलाई वन समुह र वडा नं.८ को कार्यालयले सहयोग गरेको बताउँदै साबुन वितरण गरेर सरसफाईको सचेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनले कोरोना संक्रमणको फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले कोरोनासंग जोगिएर आफ्नो दैनिकीमा फर्कनुको विकल्प नरहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमका सभाध्यक्षतामा समेत रहेका निजगढ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष टेकबहादुर लामाले कोरोनाबाट जोगिन स्वास्थ्य सरसफाई नै मुख्य माध्यम भएकाले भन्दै साबुन वितरण कार्यको प्रशंसा गरेका थिए ।
उनले कोरोनाले हरेक क्षेत्र प्रभावित बनेको उल्लेख गर्दै खयरघारीको आर्थिक रुपमा पछि परेको समुदायलाई सहयोग गरिएको भन्दै आयआर्जन र सीपमूलक तालिम लिएर रोजगार हुनुपर्ने बताउनु भयो ।
राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतीले सरसफाईबारेमा समुदायलाई पुर्नताजकी होस् भनेर साबुन वितरण गरिएको जानकारी दिएका छन् । उनले देशका विभिन्न स्थानमा संस्थाले सहयोग गर्दै आएको उल्लेख गर्दैैै संस्थाले उपलब्ध गराउने निःशुल्क कानुनी सहायता, मनोपरामर्श सेवा आवश्यक परेमा सहयोग गरिने बताउनु भयो ।
पत्रकार महेश्वर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि हिरा सारु मगर, आयोजक संस्थाका संस्थापक सदस्य रुपा उप्रेती, सदस्य विकास उप्रेती, लायन्स क्लब अफ निजगढ पीसका पास्ट प्रेसिडेन्ट बलराम तिमल्सिना, युवा व्यवसायी विनोद घिमिरे, उमेश खड्का, विरु लामा, खयरघारी टोल विकास संस्थाका सालिकराम ढुंगाना, विश्व हिन्दु महासंघ बाराका अध्यक्ष बासुदेव तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । संस्थाले २ सय ४० घरमा लागि नुहाउने ४ र धुने २ थान गरि प्रति परिवार ६ वटा साबुन वितरण गरेको थियो । संस्थाले यसअघि सिंगौलमा समेत साबुन वितरण गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…