एकै गाउँका करिब ३०० जना नेकपामा प्रवेश
वडाध्यक्ष बेद बहादुर कार्कीको अध्यक्षतामा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सो गाउँको २ सय ९० जना पुरानो पार्टी नेपाली काङ्ग्रेसका अगुवा नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।

२०७७ मंसिर ८ सोमबार, बेलुकी ७:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको एक गाउँका अधिकांश नेता तथा कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
नेकपा स्थायी कमिटि सदस्य एवम् पूर्वमन्त्री रघुवीर महासेठले उनीहरुलाई अबिर माला लगाएर नेकपामा स्वागत गर्दै प्रवेश गराएका हुन् । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ तुल्सी जिरेडाडाका अधिकांश अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु सोमबार नेकपामा प्रवेश गरेका हुन् ।
वडाध्यक्ष बेद बहादुर कार्कीको अध्यक्षतामा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सो गाउँको २ सय ९० जना पुरानो पार्टी नेपाली काङ्ग्रेसका अगुवा नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।
उनीहरुले नेपाली काङ्ग्रेस जनबिकास बिरोधि र यथास्थितिवाद रहेको भन्दै परित्याग गरि नेकपामा प्रबेश गरेका छन। कार्यक्रममा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो बिशिस्ट अतिथि , प्रदेश कमिटी सदस्य मनोज खडका , प्रदेश कमिटी सरोज कार्की , जिल्ला अध्यक्ष राजकिशोर यादव , बतेश्वर गाउँपलिका डम्बर बहादुर राउत , उपमेयर तारा बस्नेत लामा , पूर्व जिबिस सभापति रामचरित्र साह , जिल्ला सदस्य डा. सन्जिव यादव , कमल चौधरीको को आतिथ्यमा पार्टी प्रवेश भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…