जसपाको चरित्रले गर्दा सिंगै मधेस बदनाम : प्रभु साह
जसपाकै कारण प्रदेश २ मा भ्रष्टाचार, लुट, हत्या, तथा आतंक बढेको आरोप

२०७७ मंसिर ५ शुक्रबार, दिउँसो १२:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको बताएका छन् ।
बिहिबार रौतहटको बौधीमाई नगरपालिका(४, इनरवारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको बताउँदै उनीहरुको कारण दुनियामा मधेसको इमेज नै खराब भएको बताए ।
“हिजो पहिचान र सम्मानको नाममा भोट मागेका जसपा आज मधेसको अपमान र बदनाम गराउन उद्धत छ । देशकै सबभन्दा सानो प्रदेश(२ भए पनि अरु प्रदेशको तुलनामा दोब्बर संख्यामा मन्त्री राख्नु , सबभन्दा गरिब प्रदेश भए पनि अरुको तुलनामा सांसद(मन्त्रीको तलब सुविधा बढ़ी हुनु, उधोग, व्यापार, कृषि, पर्यंटन जस्ता सम्भावनै सम्भवनाले भरिएको क्षेत्रलाई पुरै बेवस्ता गर्नु र बजेटलाई कमिशनको चक्करमा बाड़चुड गरि दुरुपयोग ग़र्नु जस्ता कार्यले आज गौरवपूर्ण इतिहास बोकेको मधेस बदनाम भई रहेकोछ ।”
नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले जनता समाजवादी पार्टी (जसपा) कम्युनिष्ट र काँग्रेसको वाईप्रोडक्ट भएको बताए । कम्युनिष्ट र काँग्रेस पार्टीका कमसल ब्यक्तिहरूको झुण्ड नै जसपा भएको बताउँदै उनले मुलुक र जनताका लागि जसपा आवश्यक नभएको बताए ।
वाईप्रोडक्ट जहिले नि दुर्गन्ध एवं फोहोर मात्र फैलाउने गरेको बताउँदै उनले जसपाकै कारण प्रदेश २ मा भ्रष्टाचार, लुट, हत्या, तथा आतंक बढेको आरोप लगाए ।
कम्युनिष्ट र काँग्रेस पार्टीबाट बिभिन्न समयमा कारवाही गरि निकालिएका तथा देश र जनताका लागि आवश्यक नै नभएका कमसल व्यक्तिहरुको झुण्डले मधेसमा भ्रमको खेती गरिरहेको उनले बताए ।
केही समय अघिसम्म संघीय सरकारमा सहभागि भई भ्रष्टाचारको कीर्तिमान बनाएर असक्षम भनि निकालिएका उपेन्द्र यादव जस्ता नेताहरु अहिले उल्टै भ्रमपूर्ण आरोपको खेती गरिरहेको उनले बताए ।
‘भ्रष्टाचारमा लिप्त भएपछि कारवाही गरि निकालिएका भ्रष्टहरुले अहिले मधेसमा यो अधिकार पाएन्, त्यो अधिकार पाएन भन्दै भ्रमको खेती गरिरहेका छन्’ साहले भने, ‘यस्ता भ्रष्ट चरित्रका नेताहरुको पछाडी मधेसका सचेत जनता लाग्दैनन् ।’
कार्यक्रममा प्रदेश सासंद कुन्दन कुश्वाहा, संविधानसभा सदस्य अबदुल कलाम आजाद, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेकपा प्रदेश कमिटी सदस्यहरु त्रिभुवन साह, मनोज यादव, जयचन्द्र पटेललगायतका नेताहरुको उपस्तिथि रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…