'यादवको छोरा हुँ' भन्दै दलित किशोरीमाथि सामुहिक बलात्कार : पीडित
घटनास्थल भनिएको ठाउँबाट राती नै त्यही बखत स.५ प.७३८१ नम्बरको टिभिएस स्टारसिटी मोटरसाइकल, एक जोडी जुता, एक जोडी कपडा समेत बरामद

२०७७ मंसिर २ मंगलबार, दिउँसो ३:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक दलित समुदायकी किशोरीमाथि सामुहिक बलात्कारको आरोप लगाईएको छ ।
सोमबारराती धनुषाको गणेशमान चारनाथ नगरपालिका ११ स्थित एक किशोरीमाथि सामुहिक बलात्कार भएको उजुरी ईलाका प्रहरी कार्यालय सबैलामा गरिएको छ ।
सोमबारराती दिपावलीको अवसरमा धनुषाधाम नगरपालिका ४ गौरीपूर स्थित राखिएको ओरकेष्ट्रा हेर्न गएकी गणेेशमान चारनाथ २ बस्ने अन्दाजी बर्ष १६ की किशोरीलाई बलात्कार गरिएको बयान प्रहरीमा दर्ज गराएको हो ।
मेलाबाट पिसाब फेर्न बाहिरिएकी ती किशोरीलाई रक्सिले मातिएका गणेशमान चारनाथ ११ का दुई युवकले मुख थुनेर ओरकेष्ट्रा कार्यक्रमभन्दा करिब १ किमि पूर्व तथा अन्हेरबाट प्राथमिक बिधालय शंकरपुर भन्दा करिब ५० मिटर पश्चिमतर्फको मैदानमा लगेर बलात्कार गरिएको पीडित किशोरीको बयानलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
मुख थुनेर लगेपनि बलात्कार गर्दा किशोरी चिच्याउँदै भागेर मेला समिति कहाँ पुगेकी थिइन् । समितिलाई जानकारी गराएपछि सोही बखत समिति र केही दर्शकहरु समेत भनिएको घटनास्थलमा जाँदा एउटा मोटरसाईकल र केही कपडा तथा जुत्ता समेत फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थल भनिएको ठाउँबाट राती नै त्यही बखत स.५ प.७३८१ नम्बरको टिभिएस स्टारसिटी मोटरसाइकल, एक जोडी जुता, एक जोडी कपडा समेत प्रहरीले बरामद गरेको हो।
पीडित किशोरीको बयान अनुसार बलात्कारको आरोपित बनाइएको युवकले आफू यादवको छोरा रहेको (नाम गोप्य राखिएको) तथा रक्सिको मातमा तछाडमछाड गरि बलात्कार गरिएको जनाइएको छ।
बरामद गरिएको मोटरसाइकल लगायत उक्त सामानहरु इलाका प्रहरी चौकी सबैलाको मातहतमा रहेको अस्थायी प्रहरी चौकी बरमझियामा जम्मा गरि खोजबिन सुरु गरेको प्रहरीले जनाएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे मौखिक जानकारी मात्र आएको जनाउँदै केही बेरमा जानकारी पठाउने जनाए । यता, ईलाका प्रहरी कार्यालय सबैलाले पिडित भनिएकी किशोरीलाई मेडिकल जाँचको लागि अस्पताल पठाउने तयारी गरिएको जानकारी दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…