धनुषाको धनौजी गाउँपालिका कर्मचारीले ५ महिनादेखि पाएन तलब, आन्दोलनको चेतावनी
कर्मचारीहरुले तलब समयमा नापाइने तथा सँचय कोष समेत समयमा नगएको गुनासो गरेको

२०७७ कार्तिक २८ शुक्रबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ स्थित धनुषाको धनौजी गाउँपालिकाका कर्मचारीहरुले विगत ५ महिनादेखि तलब भत्ता नपाएको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।
बिहिबार कर्मचारीहरुको बसेको बैठकबाट विगत ५ महिनादेखि कुनै प्रकारको तलब भत्ता नभएको भन्दै उनीहरुले अब मुद्दा प्रक्रिया सहित आन्दोलनको चेतावनी दिएको हो । गाउँपालिकाको वडा कार्यालय, स्वास्थ्य तर्फको कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएको हो ।
झोझी कटैया स्वस्थ्य चौकिमा कार्यरत सिनियर अनमी सरोज गिरिको संयोजकत्वमा एक समिति बनाएर मुद्दा प्रक्रिया सहित आन्दोलन मार्फत तलब भत्ता माग्ने निर्णय गरेको हो ।
उनीहरुले समयमा तलब नदिएको भन्दै मुद्दामा जान बाध्य हुने, ७ गते देखि मुद्दा र आन्दोलनमा जाने, स्वास्थ ,शिक्षा ,वडा कार्यालयको सचिब हरु ,गाउँपालिकाको कर्मचारी सहित हामी सबै आन्दोलनमा जाने निर्णय गरेको हो ।
कर्मचारीहरुले तलब समयमा नापाइने तथा सँचय कोष समेत समयमा नगएको गुनासो गरेको हो । उनीहरुले बिमाको रकम समयमा भुक्तानी नगरेको, पालिकाले कर्मचारीलाई नटरेको, तबल भत्ता माग्दा परिषद भएपछि मात्रै दिने बहाना बनाएको आरोप लगाइएको हो ।
कर्मचारीहरुले तराई मधेशमा दिपावली र छठ मनाउन समेत धौधौ पर्ने गुनासो पोखेका छन् । उनीहरुले आफूहरु काम गरी तबलको भरमा परिवार पाल्ने गरेको बताउँदै चाडपर्वमा समेत तलब भत्ता नदिँदा ऋण लिएर घर चलाउन बाध्य भएको बताएका छन् ।
यसबारे गाउँपालिका प्रमुख बद्री सिँहसँग प्रतिक्रिया लिन खोज्दा उपलब्ध भएनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…