पोखरी भित्र नपसेर छठ मनाऔं : धनुषा प्रशासन
यसअघि प्रशासनले जनकपुरको राजदेवीमा बलीप्रदान कार्यक्रम नगर्न आग्रह गरेपनि करिब ९ हजारको हाराहारीमा बोकाबली भएको थियो । छठ, तिहारमा तराई मधेशमा धुमधाम हुने गरेको छ ।

२०७७ कार्तिक २६ बुधबार, बेलुकी ७:४४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा ठुलो पर्वको रुपमा मनाइने छठ पर्वमा पोखरी भित्र नपस्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै छठ मनाउँदा भौतिक दुरी कायम गरी अनावश्यक रुपमा पोखरीमा नपस्न आग्रह गरिएको हो । छठ पर्व पोखरीमा पसेर सूर्यलाई अर्घ दिने परम्परा छ ।
कोभिड १९ लाई मध्यनजर गर्दै प्रशासनले जुवातास नखेल्न, भीडभाड नगरी छठ मनाउन, खोला नदी, पोखरीमा नपस्न सूचनामा भनिएको छ । व्रतालु महिला तथा पुरुषले पोखरी घण्टौसम्म उभिएर सुर्यलाई अर्घ दिने गरिन्छ ।
यसअघि प्रशासनले जनकपुरको राजदेवीमा बलीप्रदान कार्यक्रम नगर्न आग्रह गरेपनि करिब ९ हजारको हाराहारीमा बोकाबली भएको थियो । छठ, तिहारमा तराई मधेशमा धुमधाम हुने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…