धनुषाको बटेश्वरमा विभिन्न पार्टी परित्याग गरी नेकपामा
नव प्रवेशीहरुलाई प्रदेश साँसद महतोले अबिर र माला लगाउँदै स्वागत गरेका थिए । स्वागत गर्दै उनले जुनसुकै बेला पनि आफ्नो जरुरी परे आफू तयार रहेको बताए । उनले आफू जनतासँग प्रत्यक्ष सम्पर्कमा रहदै आएको बताउँदै जनतासँग गरेको वाचा अनुरुप विकास निर्माणमा लागेको दाबी गरे ।

२०७७ कार्तिक २५ मंगलबार, बेलुकी ७:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको बटेश्वरमा विभिन्न पार्टीहरु परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा कार्यकर्ताहरु प्रवेश गरेका छन् ।
बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतको अध्यक्षता तथा प्रदेश सांसद सत्रुधन महतोको प्रमुख आतिथ्यमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सयौंको सँख्यामा नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई प्रदेश साँसद महतोले अबिर र माला लगाउँदै स्वागत गरेका थिए । स्वागत गर्दै उनले जुनसुकै बेला पनि आफ्नो जरुरी परे आफू तयार रहेको बताए । उनले आफू जनतासँग प्रत्यक्ष सम्पर्कमा रहदै आएको बताउँदै जनतासँग गरेको वाचा अनुरुप विकास निर्माणमा लागेको दाबी गरे ।
नेपाली काङ्ग्रेस ,जनता समाजवादी पार्टी बाट असन्तुष्ट हुँदै नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको साँसद महतोले बताए । उनले ती पार्टीहरुले उनीहरुलाई ठगेको भन्दै नेकपामा विश्वास गरेको बताए ।
कार्यक्रममा उपाध्यक्ष प्रमिला देवि महतो , २ का गंगाराम कुमर ,३ का अध्यक्ष गंगाराम महतो ४ का अध्यक्ष लगायत स्थानीय सकृय कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…