जीवन बिमा रकम घरमै गएर हस्तान्तरण, ३४ सयले दिलायो १८ लाख
बिमाले थोरै भएपनि पीडामा आर्थिक राहत

२०७७ कार्तिक १९ बुधबार, राति ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिटिजन लाइफ इन्स्योरेन्सले सिरहाका एक बिमितको घरमै गएर जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
मिर्चैया नगरपालिका-१० मथिलेश्वरका बिमित रामबली साहको परिवारलाई घरमै पुगी बिमा रकमको चेक हस्तान्तरण गरेको हो । साहको गत ३ महिनाअघि नेपालमै उपचारको क्रममा ज्यान गएको थियो ।
उनले गत ८ महिनाअघि ३४ सय तिरेर २ वर्षे अवधिको १० लाखको वैदेशिक रोजगार म्यादी जीवन बिमा गराएका थिए । वैदेशिक रोजगारमा गएर बिरामी भई स्वदेश फर्केपछि उपचारका क्रममा ज्यान गुमाएका मृतक परिवारको दाबी निवेदनको आधारमा १७ लाख ७५ हजार १ सय ९६ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
मृतक साहकी श्रीमती उषा कुमारी साहलाई उक्त बिमा रकमको चेक हस्तान्तरण गरेको सिटिजन लाइफका मिर्चैया शाखा प्रमुख धर्मदेव दासले बताए । बिमा बापतको १० लाख, किरिया बापत १ लाख, आयको नोक्सानी बापत २ लाख र घातक रोगबाट ज्यान गुमाएकाले थप ५ लाख गरी १८ लाख भएकोमा प्रचलित कानुन बमोजिम ५ प्रतिशत रकम कट्टा गरि उक्त रकम घरमै पुगी दाबी भुक्तानी गरेको उनले जनाए ।
बिमाले थोरै भएपनि पीडामा आर्थिक राहत दिने भएकाले सबैलाई बिमा गराउन उनले आग्रह पनि गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…