झडपमा परी मृत्यू भएका चौरसियाको ८ दिनपछि अन्त्येष्टि
सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन

२०७७ कार्तिक १४ शुक्रबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको शुक्रबार अन्त्येष्टि गरिएको छ ।
चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको निवास्थान लगि शतगत गरिएको हो ।
नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिएको थियो ।
सो गाँउपालिका कमिटीमा यही कात्तिक ६ गते भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…