एमाले प्रदेश ३ को दलको नेताका लागि निर्वाचन
काठमाडौँ, २६ माघ : सहमति नभएपछि नेकपा (एमाले) प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । हालसम्म डोरमणि पौडेल (मकवानपुर) ले उम्मेदवारी दर्ता गर्नुभएको छ भने पार्टीका उपाध

२०७४ माघ २६ शुक्रबार, बिहान ११:५१ बजे१ मिनेट पढाइ

काठमाडौँ, २६ माघ : सहमति नभएपछि नेकपा (एमाले) प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । हालसम्म डोरमणि पौडेल (मकवानपुर) ले उम्मेदवारी दर्ता गर्नुभएको छ भने पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (काठमाडौँ) ले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।
यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी नदिने बुझिएको छ । दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ । मनोनयनपछि दिउँसो १२ः३० पछि निर्वाचन हुने सो पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…