बीरगँजमा रोकियो कोरोना परीक्षण
पिसिआर मेसिन सञ्चालनका लागि कम्तिमा पनि ९६ वटा स्वाब आवश्यक

२०७७ कार्तिक १० सोमबार, बिहान ७:३४ बजे१ मिनेट पढाइ
पिसिआर मेसिन सञ्चालनका लागि कम्तिमा पनि ९६ वटा स्वाब आवश्यक

२०७७ कार्तिक १० सोमबार, बिहान ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । देशको आर्थिक नगरी भनेर चिनिने प्रदेश नं. २ को वीरगँजमा कोरोना परीक्षण रोकिएको छ । पछिल्लो दुई दिनदेखि स्वाब सँकलनको अभावमा कोरोना परीक्षण रोकिएको हो ।
प्रदेश नं. २ को विभिन्न जिल्लाहरुबाट आउने गरेको स्वाब परीक्षण विगत दुई दिनदेखि परीक्षणको लागि थ्रोट स्वाबको स्याम्पल (नमुना) नआउँदा पिसिआर परिक्षण रोकिएको वीरगँज स्थित नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसीयाले बताए ।
प्रदेश २ को पर्सा जिल्ला सहित सर्लाहीसम्मको स्वाब सँकलन भई अस्पतालमा आउने गरेकोमा विगत दुई दिनदेखि पर्याप्त सँख्यामा नआउँदामा पिसिआर चेकअप रोकिएको उनले बताए ।
उनले पिसिआर मेसिन सञ्चालनका लागि कम्तिमा पनि ९६ वटा स्वाब आवश्यक रहेको जानकारी दिए । ९६ भन्दा कम सेम्पललाई लिएर पिसिआर मेसिन सञ्चालन गर्दा धेरै रिएजेन्ट बर्बाद हुने उनले बताए ।
पछिल्लो दुई दिनमा ११ र १५ वटा गरी २६ वटा थ्रोट स्वाबको सेम्पल जम्म भएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
पालिका खबर
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…