लोक तथा दोहोरी गीत प्रतिष्ठान धनुषामा गायक विश्वकर्मा
न्यूज ब्यूरो, जनकपुरधाम । लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति धनुषाको ७ औं साधारणभा सम्पन्न भएको छ । प्रतिष्ठानको दशैं, दिपावली तथा छठको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम सहित ७ औं साधारण सभा समेत सम्पन्न गरेको हो । लोक तथा दोहोरी प्रतिष्ठान धनुषाका अध्यक्ष विश्वकर्माको अध्यक्षता

२०७७ कार्तिक ७ शुक्रबार, बिहान ११:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति धनुषाको ७ औं साधारणभा सम्पन्न भएको छ ।
प्रतिष्ठानको दशैं, दिपावली तथा छठको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम सहित ७ औं साधारण सभा समेत सम्पन्न गरेको हो । लोक तथा दोहोरी प्रतिष्ठान धनुषाका अध्यक्ष विश्वकर्माको अध्यक्षता तथा प्रदेश नं. २ का सँस्थापक कृष्णा गौतमको प्रमुख आतिथ्यमा सो सारधाण सभा सम्पन्न भएको हो ।
समितिको बरिष्ठ उपाध्यक्ष ईन्द्रा थापा, प्रथम उपाध्यक्ष सँजय यादव, महिला उपाध्यक्ष सारथी अमा, महासचिवमा राम कुमार श्रेष्ठ तथा सचिवमा चिरँजीवी गिरीलाई सहित समितिको कोषाध्यक्ष निशा दुधराज (निरासा दुधराज) समेतको उपस्थितिमा ७ औं साधारणसभा सम्पन्न भएको हो ।
यस्तै, समितिको सदस्यहरुमा राजकुमार थापा, निर कुमारी विश्वकर्मा, अम्बिका मण्डल, छेवन मोक्तान, प्रदीपजँग थापा, राम सरोज यादव, बासुदेव दाहाल, टिबी पारखिन, रितेश पाटली, विशाल योगी, ममता अधिकारी र सँजय साह लगायतको उपस्थिति रहेको थियो ।
सँस्थाका बरिष्ठ सल्लाहकार विजय साह, समिति प्रदेश नं. २ का अध्यक्ष ज्ञानु बस्नेतको विशिष्ट आतिथ्य, कलाकार सँघ महोत्तरीका अध्यक्ष सुदीप कार्कीको आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…