सिरहाको सुखिपुरमा राजदेवी मन्दिरको निर्माण हुने
मन्दिर शिलान्यास सहित वडादशैंको पाँचौ दिन नव दुर्गाकी सकन्द माताको पूजाअर्चना गरी शिलान्यास गरिएको हो । कलश यात्रामा सो गाउँको सयौंको सँख्यामा श्रद्धालुहरु सहभागी भएको थियो । राजदेवी सेवा समितिका पदाधिकारीहरु बिजय कुमार यादव ,दयाराम यादव,गुमस्ता कुमार यादव,सुरेन्द्र कुमार यादव,श्याम कुमार यादव लगायतले कलश यात्राको लागि सहयोग गरेका थिए ।

२०७७ कार्तिक ६ बिहीबार, बिहान १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको सुखिपुर नगरपालिकाको वडा नं.३ कुसहा लक्ष्मिनीयाँ टोलमा हिन्दुधर्मावलम्बीहरुको देवीशक्ति राजदेवीको मन्दिर शिलान्यास गरिएको छ ।
स्थानीय गाउँकै सबै भन्दा जेष्ठ नागरिक मानिएको सत्यदेव यादव र सुखिपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विजय कर्ण दासबाट शिलान्यास गरिएको हो । विशाल कलशयात्रा निकालेर सो मन्दिरको शिलान्यास गरिएको हो ।
मन्दिर शिलान्यास सहित वडादशैंको पाँचौ दिन नव दुर्गाकी सकन्द माताको पूजाअर्चना गरी शिलान्यास गरिएको हो । कलश यात्रामा सो गाउँको सयौंको सँख्यामा श्रद्धालुहरु सहभागी भएको थियो । राजदेवी सेवा समितिका पदाधिकारीहरु बिजय कुमार यादव ,दयाराम यादव,गुमस्ता कुमार यादव,सुरेन्द्र कुमार यादव,श्याम कुमार यादव लगायतले कलश यात्राको लागि सहयोग गरेका थिए ।
एक करोडको लगानीमा मन्दिर निर्माण गरिने स्थानीय युवा गुमस्ता कुमार यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…