पूर्वमन्त्री रघुवीर महासेठको बारेमा केही मिडियाले भ्रम फैलाए : मेयर यादव
बिना प्रमाण र आधारको समाचार लेखी कसैको मान मर्दन नगर्न आग्रह

२०७७ कार्तिक ६ बिहीबार, बिहान ८:४८ बजे२ मिनेट पढाइ
बिना प्रमाण र आधारको समाचार लेखी कसैको मान मर्दन नगर्न आग्रह

२०७७ कार्तिक ६ बिहीबार, बिहान ८:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले शुभकामना आदान प्रदानको कार्यक्रमको समाचारलाई बँग्याएर समाचार प्रकाशन गरेकोप्रति दुःख व्यक्त गरेका गरेका छन् ।
गत कार्तिक २ गते दशैं, दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री रघुबीर महासेठको समाचारलाई बँग्याएर लेखेको भन्दै बिना अधार र प्रमाणको समाचार लेखी भ्रम छरेको नगरपालिकाद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
केही गैर जिम्मेवार व्यक्ति र गैर जिम्मेवार मिडियाले नगरपालिकाको कार्यक्रमलाई राजनीतिक रुप दिएर समाचार प्रकाशन गरेको भन्दै खेद प्रकट गरेका छन् । विज्ञप्तिमा भनिएको छ –“मिथिला बिहारी नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको शुभकामना आदानप्रदान तथा साईकल वितरण कार्यक्रममा नगर प्रमुख अनिल कुमार यादव, उप–प्रमुख अनिता कुमारी,लगायत बडा नं. १ का बडा अध्यक्ष प्रमोद मंडल, बडा नं. ४ का वडा अध्यक्ष महादेव यादव, वडा नं. ५ का बडा अध्यक्ष बिनोद कुमार मंडल, बडा नं. ७ का बडा अध्यक्ष प्रदिप कुमार साह, बडा, वडा नं. ८ का अध्यक्ष जिवछ्न यादव र वडा नं. ९ का वडा अध्यक्ष बिन्देश्र यादवको उपस्थितिमा रहेको र सो कार्यक्रममा कुनै किसिमको दलिय–राजनितिक कार्यक्रम नरहेको जानकारी गराउदै केही व्यक्ति र केही गैर–जिम्मेवार सँचार माध्यमहरुले उक्त नगरपालिकाको कार्यक्रमलाई दलिय–राजनैतिक कार्यक्रम भनिएको छ।”
आर्थिक वर्ष २०७५/०७६ को नगर सभाको निर्णयानुसार छात्राहरुको लागि साईकल खरिद गरिएको र साईकल विभिन्न कारणले गर्दा वितरण नहुदै विश्व व्यापि माहामारी करोना भाइरसको अवस्था भएको भन्दै वितरण हुन नसकेकोमा सो साईकल कार्तिक २ गते गरिएको शुभकामना आदान प्रदान तथा साईकल बितरण कार्यक्रममा बांडिनु मुख्य कारण रहेको भन्दै दलिय रुप दिनु खेदजनक रहेको प्रष्टाइएको छ ।
छुट्टै कार्यक्रम गर्दा नगरपालिका माथि आर्थिक भार पर्ने भएकोले सोही कार्यकम समेत गरिएको थियो, सो कार्यक्रममा सबै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा विभिन्न पार्टिका पार्टि प्रतिनिधिहरु राष्ट्रसेवक कर्मचारी, शिक्षक लगायत अन्य जनसमुदायको सहभागीतामा कार्यक्रम संचालन र सौहार्द वातावरणमा सम्पन्न भएको दाबी गरिएको छ ।
केही सँचार माध्यमहरुले प्रमुख अतिथिको रुपमा उपस्थित भएका पूर्व मन्त्री महासेठलाई बष्हिकार तथा विरोध जनाएको भनेर समाचार प्रकाशित गरेको भन्दै बिना प्रमाण र आधारको समाचार लेखी कसैको मान मर्दन नगर्न आग्रह समेत गरिएको छ ।
“संचार माध्यम लोकतन्त्र र देश निकासको लागि एउटा अति नै महत्व पूर्ण अंग भएको हुनाले अवको दिनदेखि बिना प्रमाण र आधारको भ्रामक समाचारहरू कसैको मानसम्मान र प्रतिष्ठामा समेत खेलबाड हुने गरी समाचार सम्प्रेषण नगरी दिनुहुन आग्रह गर्दछु।”– मेयर यादवद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


राजनीतिक

राजनीतिक

राजनीतिक

राजनीतिक
५ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा६ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने७ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद७ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक८ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए१८ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमामव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
याँ कामको योजना बनाउन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबार गर्दा हतार नगर्नुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। कुराकानीमा संयम राख्नुहोला।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…