शिक्षा क्षेत्रमा क्रान्ती ल्याए मात्र विकास सम्भव छ : पूर्वमन्त्री महासेठ
नगर प्रमुख अनिल कुमार यादवको अध्यक्षता तथा पूर्वमन्त्री महासेठकै प्रमुख आतिथ्यमा सम्पन्न भएको सो शुभकामना आदान प्रदान कार्यक्रममा नगरवासीलाई शुभकामना दिँदै कोरोना कालले परेको बालबालिका उपरको असरलाई न्यून गर्ने प्रयास सबैले मिलेर गर्नुपर्ने बताए ।

२०७७ कार्तिक ३ सोमबार, दिउँसो ४:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व मन्त्री एवम् नेकपाका साँसद रघुवीर महासेठले शिक्षा क्षेत्रमा क्रान्ती ल्याए मात्र विकास सम्भव हुने बताएका छन् ।
सोमबार धनुषाको मिथिला बिहारी नगरपालिकामा विद्यालयका छात्राहरुलाई साईकल वितरण गर्दै उनले मानव जीवनकै लागी शिक्षा अपरिहार्य रहेको जनाउँदै शिक्षामा क्रान्तीको विकल्पले विकास सम्भव नहुने उनले बताए ।
नेकपाका स्थायी कमिटि सदस्य समेत रहेका नेता महासेठले मिथिला बिहारी नगरपालिकाले आयोजना गरेको दशैं, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उनले शिक्षाको माध्यमले मात्र नगर विकासको परिकल्पना गर्न सकिने बताए ।
नगर प्रमुख अनिल कुमार यादवको अध्यक्षता तथा पूर्वमन्त्री महासेठकै प्रमुख आतिथ्यमा सम्पन्न भएको सो शुभकामना आदान प्रदान कार्यक्रममा नगरवासीलाई शुभकामना दिँदै कोरोना कालले परेको बालबालिका उपरको असरलाई न्यून गर्ने प्रयास सबैले मिलेर गर्नुपर्ने बताए ।
सो कार्यक्रममा नगर प्रमुख अनिल यादवले आफ्ना नगरवासीलाई शुभकामना दिँदै यस कोरोनामा सुरक्षित रहन आग्रह गरेका थिए । उनले पूर्वमन्त्री महासेठको कुरालाई आत्मसात गर्ने बताए ।
सोही क्रममा उनले मिथिला बिहारी नगरपालिकाको पुरनदाहामा सँतोषी मन्दिर शिलान्यास समेत गरेका थिए । पुरनदाहा बजार व्यवस्थापनको सम्बन्धमा समेत छलफल गरिएको थियो । कार्यक्रममा स्थानयिवासीहरुले पूर्वमन्त्री महासेठलाई स्वागत समेत गरेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा धनुषा जिल्ला सह इन्चार्ज योग नारायण यादव , प्रदेश सभा सदस्य रामचन्द्र मण्डल उपमेयर अनिता साह , प्रशाकिय अधिकृत बिरेद्रलाल कर्न ज्युको बिशिस्ट आतिथ्य नेकपाका सयौ नेता कार्यकर्ता आतिथ्य , मिबि नपा वडा १ को अध्यक्ष प्रमोद मण्डल , ४ को महादेब यादव , ५ को बिनोद मण्डल , ७ प्रदीप साह , ९ को बिन्देश्वर यादव , नगर भित्रका सम्पुर्ण बिधालयका प्रअ , नपा सम्पुर्ण कर्मचारी, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
विनय कुमार यादव
सह-सम्पादक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…