१० लाख रुपैयाँ सहित एक युवक पक्राउ
न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले श्रोत नखुलेको पैसा सहित एक जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं. ८ वस्ने बिरेन्द्र पटेलको छोरा अन्दाजी बर्ष २० को दिपक पटेल रहेको रौतहट प्रहरीले जनाएको छ। आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी ट

२०७७ कार्तिक ३ सोमबार, बिहान ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले श्रोत नखुलेको पैसा सहित एक जना मानिसलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं. ८ वस्ने बिरेन्द्र पटेलको छोरा अन्दाजी बर्ष २० को दिपक पटेल रहेको रौतहट प्रहरीले जनाएको छ।
आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं।७ स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना. ५३प. ६२८४ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा श्रोत नखुलेको १० लाख सहित पटेल पक्राउ परेका छन।
मोटरसाईकलमा सेतो रंगको हेल्मेट भित्र लुकाई छिपाई राखेको अवस्थामा विशेष सुत्रका अनुसार पटेल पक्राउ परेका हुन। पटेलको साथबाट रु १००० को दरको नेपाली नोट ८०० वटा गरी ८,००,००० तथा रु. ५०० दरको नेपाली नोट ४०० वटा गरी २,००,००० रुपैयाँ समेत गरी जम्मा नेपाली नगद रुपैयाँ १० लाख फेला परेकोले आवश्यक कारवाहीको भन्सार कार्यालयमा बुझाईएको रौतहट प्रहरीले जानकारी दिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…