प्रदेश २ः वीरगन्जको एक अपार्टमेन्टबाट २२ किलो सुन बरामद
पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अवैध सुन लुकाएर राखिएको सूचना पुगेको

२०७७ कार्तिक १ शनिबार, दिउँसो ३:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को वीरगँजबाट प्रहरीले भारी तौलमा बहुमूलय धातु सुन बरामद गरेको छ । नेपालको आर्थिक नगरी भनेर चिनिने वीरगँजबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो ।
उक्त अपार्टमेन्ट भारतीय नागरिकको रहेको अनुसन्धानबाट खुलेको छ। सुन बरामद भए पनि मानिस भने कोही अहिलेसम्म पक्राउ परिसकेका छैनन्। प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए ।
सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अवैध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । सो सूचनापछि प्रहरी अपार्टमेन्टमा छापा मार्न पुगेको थियो ।
सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । यसबारे पत्रकार सम्मेलन गरेर सुन सार्वजनिक गरेको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन्
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…