जसपाको वृहत पार्टी प्रवेश सबैलामा, राष्ट्रिय स्तरका नेताहरु मँचमा
दिउँसो २ बजेदेखि भनिएको पार्टी प्रवेश कार्यक्रममा अपेक्षाकृत रुपमा आम सर्वसाधारणको जमघट नभएपछि केही बेर ढिलाई

२०७७ असोज ३० शुक्रबार, दिउँसो २:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी, धनुषाले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रम विधिवत रुपमा सुरु भएको छ ।
धनुषाको सबैला बजार स्थित रहेको सार्वजनिक मँचमा जिल्लादेखि लिएर केन्द्रस्तरका नेताहरुको सहभागीतामा पार्टी प्रवेश कार्यक्रमको औपचारिक कार्यक्रम सुरु गरिएको हो । जनता समाजवादी पार्टीका नेता रामचन्द्र जयसवालको अध्यक्षता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनीधि सभा सदस्य एवम् पूर्व मन्त्री राजेन्द्र महतोको प्रमुख आतिथ्यमा वृहत पार्टी प्रवेश कार्यक्रम सुरु गरिएको हो ।
दिउँसो २ बजेदेखि भनिएको पार्टी प्रवेश कार्यक्रममा अपेक्षाकृत रुपमा आम सर्वसाधारणको जमघट नभएपछि केही बेर ढिलाई गरिएको थियो । साँसद, जिल्ला कार्य समिति, केन्द्र स्तरका नेताहरु मँचमा पुगेपछि आम सर्वसाधारणहरुको जमघटपछि कार्यक्रम सुरु गरिएको हो ।
मँचमा अहिले प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दी विशिष्ट आतिथ्य ग्रहण गरेका छन् भने सो कार्यक्रममा नेता अनिल झा, प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल,
समाजिक बिकास मन्त्री नवल किशोर साह, उधोग तथा वन मन्त्री रामनरेश राय यादव, पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया, प्रदेश साँसद एवम् महामन्त्री मनिस सुमन, साँसद राम आशिष यादव, प्रमेश्वसर साह लगायतका नेताहरु रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…