प्रेमिकालाई 'प्रेम-पत्र'
विन्देश्वर ठाकुर || खाडी मुलकमा नेपाली प्रतिष्ठित कवि हुन ।

२०७४ माघ २५ बिहीबार, बिहान १०:५९ बजे१ मिनेट पढाइ

ए मेरी फूलकुमारी !
यसपालीको यो प्रेम दिवसमा
तिमीसंग प्रत्यक्ष रुपमा
भेट्न नसके पनि

खाडीको यसै जंगलबाट
एनरोइडसको सहायताले
मुखपोथीको माध्यमबाट
काव्यात्मक रेमिट्यान्स सहितको
यो प्रेम-पत्र छ तिमीलाई !
आशा छ मैले दिएको पत्र
तिमी ठीक त्यसरी नै पढ्ने छौ
जसरी बर्षौ पहिले पढेकी थियौ
मेरो आँखाको भाव ।
मेरो यो पत्रलाई ठीक त्यसरी नै राख्नेछौ
जसरी राखेको छु अहिलेसम्म
मुटुमा सजाएर
तिम्रो सम्झनालाई ।
मलाई स्मरण छ -
गत साता मात्र
तिम्ले सोधेकी थियौ -
म देशमा,तिमी विदेशमा
आँत पोलिरहेछ । मन दुखिरहेछ
जानू ! हाम्ले
यसवर्षको भेलेन्टाइन
कसरी मनाउने ?
प्रति उत्तरमा मैले सहजै भनेको थिए -
'रोजडे' का दिन 'रोज' को मेसेज पठाउनू
'प्रपोजडे' मा उहीँ पुरानै ढाँचा .....
'किसडे' का दिन
स्काइप जिन्दाबाद हुनेछ
अनि 'प्रोमिसडे'का दिन
हामी स्वयं
बाँधिनेछौ एक वर्षका लागि
कतै अन्यत्र पथभ्रष्ट नहुने वाचामा ।
त्यस्तै -
भेलेन्टाइन -भेलेन्टाइन नै हुनेछ ।
जसमा, हामी संग हुनेछन् -
एक-अर्काको आकर्षक तस्बीर,
एकावसन्तको घतलाग्दा पल,
केही थान तिनै पुरानै
रोमान्चकारी अनुभूतिहरु अनि
तिम्रै बडी फिगरका निम्ति
लेखिएको एउटा शृंगारिक कविता ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…