जति सुकै राती भएपनि हामी सेवामा तत्पर छौं : सिडिओ कणेल
न्यूज ब्यूरो, सिरहा । आफ्नो कार्यशैली र जनसेवाभावले निरन्तर चर्चामा रहेका सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले आम सेवाग्राहीहरुलाई रातीसम्म सेवा दिएर चौतर्फी प्रशँसा बटुलेका छन् । सामान्यतया अपरान्ह ४ बजेसम्म मात्र खुल्ने सरकारी अड्डामध्ये सिरहाको सिडिओ अफिसमा राती ८ बजेसम्म सेवाग्

२०७७ असोज २९ बिहीबार, राति ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । आफ्नो कार्यशैली र जनसेवाभावले निरन्तर चर्चामा रहेका सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले आम सेवाग्राहीहरुलाई रातीसम्म सेवा दिएर चौतर्फी प्रशँसा बटुलेका छन् ।
सामान्यतया अपरान्ह ४ बजेसम्म मात्र खुल्ने सरकारी अड्डामध्ये सिरहाको सिडिओ अफिसमा राती ८ बजेसम्म सेवाग्राहीलाई सेवा दिएर सेवाग्राहीको मन जितेका छन् । सेवाको लागि सिरहाको १७ वटा स्थानीय तहलाई विभिन्न दिनहरुमा सेवा दिने भनेर सूचना जारी गरेपनि सेवाग्राहीलाई समाजिक दुरी बनाएर अबेर रातीसम्म सेवा दिएर मन जितेका छन् ।
सोही क्रममा सिडिओ कार्यालय सिरहामा नागरिकताको लागि सेवा लिन गएका सिरहाका एक सेवाग्राहीले सिडिओ कणेलको लगनशिलता र आम नागरिकप्रतिको जिम्मेवारी बोध गर्न अबेर रातीसम्म सेवा दिएको भन्दै समाजिक सँजाल मार्फत प्रशँसा गरेका छन् ।
दिउँसो ४ बजेसम्म सरकारी कार्यालयहरु खुल्ने भएपनि सिडिओ कार्यालय सिरहामा भने विगत केही दिनदेखि अबेर रातीसम्म सेवा दिएको हो । यद्यपी, यस्तो भने बाध्यतावंश गर्नु परेको सिडिओ कणेलले बताए । 
न्यूज ब्यूरोसँगको कुराकानीमा उनले भने, –“यस्तो महामारीको बेला गर्भवति महिला, जेष्ठ नागरिकहरु आएर कार्यालय बस्छ, केही दिनपछि नै नागरिकता बनाए के हुन्छ र ? तर, उनीहरुको अवस्था देखेपछि कर्मचारीहरुसँग आग्रह गरी अबेरसम्म जसरी पनि सेवा प्रदान गरिदिने व्यवस्था मिलाइदिए । विभिन्न पालिकाहरुको विभिन्न दिन तोकिएपनि नागरिक सचेतनाको कमिले गर्दा भिड बढाउने भएपछि भीड कम गर्न भोली हुने कार्य आजै गरिदिएर पठाएको छु , त्यसमै राती ८ बज्यो । नागरिकप्रतिको जिम्मेवारी र लगावले पनि हामी सेवा दिन विवस भएका छौं ।”
उनले महामारीको बेला गर्भवति महिला तथा जेष्ठ नागरिकहरुलाई कार्यालय सकभर नआउन आग्रह गरे । उनले अवस्था सहज भएपछि पनि सेवा लिएर काम गर्न सकिने बताउँदै तोकिएको दिनमा तोकिएको पालिकाको सेवाग्राहीलाई आउन मात्र आग्रह गरे । अत्यावश्यक कार्य बाहेकका सेवाहरुको लागि अहिले नआउन पनि उनले आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…