प्रदेश २ः यी अस्पतालमा आम जनतालाई निःशूल्क (Free) उपचार
पूर्व–पश्चिम राजमार्गसँग जोडिएर रहेको यो अस्पतालमा जनरल सेवाबाहेक मधुमेह र बाथको छुट्टै उपचार हुँदै आएको छ । -डीएसपी डा. साह

२०७७ असोज २२ बिहीबार, दिउँसो १२:५४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को एक अस्पतालमा आम सर्वसाधारणहरुलाई निःशूल्क (फ्रि) मा उपचार सेवा सुरु गरिएको छ ।
प्रदेश नं. २ को पूर्वी जिल्ला सप्तरीको रुपनी स्थित रहेको पूर्वक्षत्रीय प्रहरी अस्पतालमा आम सर्वसाधारणहरुको लागि उपचार फ्रि गरिएको हो । अस्पतालमा प्रहरी सुरक्षाकर्मीको उपचार गर्ने लक्ष्य राखिए पनि अहिले आम जनताहरु समेतका लागि उपचार गर्न थालिएको हो ।
अस्पतालमा सर्वसाधारणको उपचार निःशुल्क भइरहेको अस्पतालका प्रमुख प्रहरी नायव उपरिक्षक डा सुरेन्द्र साहले जनाएका छन् । राजविराज नगरपालिका–३ निवासी जग्गादाता जोगेन्द्र भगत र उनकी पत्नीले आफ्नै जग्गामा २५ बेडको अस्पताल निर्माण गरिदिएका थिए । तत्कालीन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले २०७३ साल माघ ३ गते सो अस्पतालको उद्घाटन गरेका थिए ।
अहिले प्रहरीको उपचारका साथै सर्वसाधारणको उपचारसमेत यो अस्पतालले गर्न थालेपछि त्यहाँका जनता खुशी भएको स्थानीय नर्मदेव यादवको भनाइ छ । प्रत्येक दिन १२ देखि १५ सर्वसाधारणको उपचार थालिएको जानकारी दिँदै सर्वसाधारणको उपचार पनि निःशुल्क गर्दै आएको अस्पतालका प्रमुख डीएसपी डा. साहले थपे ।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएर रहेको यो अस्पतालमा जनरल सेवाबाहेक मधुमेह र बाथको छुट्टै उपचार हुँदै आएको छ । जनरलमा नाक, कान, घाँटी, छाती, पेटसम्बन्धी रोगको उपचारसमेत भइरहेको अस्पताल प्रमुख डा. साहले बताए ।
उपचार गराउन आउने सर्वसाधारणलाई पूर्जा समेत कटाउनुपर्ने बाध्यता छैनन भने ल्याब जाँचको लागि पनि शुल्क तिर्नुपरेको छैन । अस्पतालले एक्सरे पनि निःशुल्क गर्ने गरेको अस्पताल प्रमुख साहले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…