धनुषामा ६ बर्षे बालकको कोरोनाबाट मृत्यू
उनको कोरोनाबाट मृत्यू भएपछि महेन्द्रनगर स्थित रहेको श्री गणबाट खटेको कोविड १९ शव व्यवस्थापन टिमले उनको शवलाई शहिदनगर नगरपालिका वडा नं. ६ स्थित रहेको बर्बटा पोखरी नजिकै व्यवस्थापन गरिदिएको हो ।

२०७७ असोज १८ आइतबार, राति ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक बालकको कोरोना सँक्रमणबाट मृत्यू भएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ६ हडबारा बस्ने बर्ष ६ को एक बालकको कोरोनाबाट मृत्यू भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत गणेश मिश्रले बालकको कोरोनाको कारण मृत्यू भएको जनाएका छन् ।
गत असोज १५ गते उनको विराटनगर स्थित विराट टिँचिङग हस्पिटलमा मृत्यू भएको जनाइएको छ । गत असोज ६ गते निमोनिया भएर उनलाई उपचारको लागि विराटनगर रेफर गरिएको थियो । सो क्रममा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाईएको छ ।
उनको कोरोनाबाट मृत्यू भएपछि महेन्द्रनगर स्थित रहेको श्री गणबाट खटेको कोविड १९ शव व्यवस्थापन टिमले उनको शवलाई शहिदनगर नगरपालिका वडा नं. ६ स्थित रहेको बर्बटा पोखरी नजिकै व्यवस्थापन गरिदिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…