'प्रधानमन्त्री ज्यू, भारतसँगको सीमानाका अब खोलौं' : व्यापारीहरु
सात महिनादेखि सिमा बन्द भएकाले आफुहरुलाई उकुसमुकुस भएको भन्दै सिमा नाका खुलाउनु पर्नेमा जोड

२०७७ असोज १८ आइतबार, दिउँसो २:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा राजनीति दलसहितको एक टोलिले मुख्य सिमा नाका खुलाउन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन।
आइतबार रौतहटका स्थानिय ब्यापारीहरुको दैनिकी असहज भएकाले निश्चित मापदण्ड अनुसार मुख्य नाका सहितका बोर्डर खुलाउने पर्ने माग सहित स्थानीय ,ब्यापारी ,राजनितिक दल सहितको टोलिले प्रमुख जिल्ला अधिकारी इन्द्र देब यादब मार्फत प्रधानमन्त्री केपि शर्मा ओलिलाई ज्ञापन पत्रका बुझाएका हुन।
कोरोना भाइरसको संकटमा घरमा बसेरै बन्दाबन्दिको पुर्ण रुपमा पालना गरेको र हाल कोरोना संकट रौतहटमा सामान्य भएकाले बोर्डर खुलाउनु पर्ने उनीहरुले माग गरे।
रौतहटमा कोरोना सामान्य भएसंगै रौतहटका विद्यालय , अदालत , प्रशासन , मालपोत लगायत सरकारी तथा गैर सरकारी सम्पुर्ण कार्यालयहरु सञ्चालनमा आइसकेको अबस्थामा रौतहट बोर्डर बन्द गरि रहनु उचित नभएको उनीहरुको ठम्याइ रहेको छ ।
हिन्दुहरुको महान पर्वहरु विजया दशमी , शुभ दिपावली , छठ पर्वहरु नजिकिएसंगै सहज आवगमन गराउन प्रधानमन्त्रिसंग स्थानियले ज्ञापन पत्रद्धारा आग्रह गरेका छन
रौतहट खुल्ला सिमा भएका कारण अबैध चोरी निकासी विभिन्न चोर नाकाहरुबाट भइरहेकाले बोर्डर सिल मात्र गरेर सर्वसाधरणलाई असहज भएको जनाइएको छ ।
सात महिनादेखि सिमा बन्द भएकाले आफुहरुलाई उकुसमुकुस भएको भन्दै सिमा नाका खुलाउनु पर्नेमा स्थानियले जोड दिएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…