जनकपुरः २४ हजार घुस सहित पियन रँगेहात पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट एक वडा कार्यालयको पियन (पिउन) लाई अख्तियारले २४ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालयका कार्यालय सहयोगीलाई विहिबार दिउँसो पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पिउन दिलीप पँजियार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग

२०७७ असोज १५ बिहीबार, दिउँसो १२:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट एक वडा कार्यालयको पियन (पिउन) लाई अख्तियारले २४ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालयका कार्यालय सहयोगीलाई विहिबार दिउँसो पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पिउन दिलीप पँजियार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।
सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिँदालिदै उनलाई पक्राउ गरिएको हो । सेवाग्राहीलाई आफू सचिव रहेको भन्दै कार्य अगाडी बढाउनको लागि सेवाग्राहीसँग २४ हजार रुपैयाँ घुस मागेका थिए ।
उनलाई कार्यालय परिसरबाटै गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो। पक्राउ परेका पञ्जियारमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…