विराटनगरको दक्षिणी गेठबाट झ्याल पसेर नेपाल छिर्दै भारतीय बिलेकियाहरु
न्यूज ब्यूरो, विराटनगर । बिराटनगर महानगरपालिकाको वडा नं. १६ मा पर्ने दक्षिण गेठको घरहरु कालो बजारी गर्नेहरु , अवैध धन्धा तथा लागुऔषध माफ़ियाहरुको अखाडा बनेको छ । दक्षिण गेठ भनेर चिनिने नेपाल भारत सिमा दशगजा संगै टासिएको बिराटनगर जुटमिलले मजदुर कर्मचारीहरुलाई बस्न बनाएको घरहरु अहिले दुई नम्बरी अवैध का
२०७७ असोज १४ बुधबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । बिराटनगर महानगरपालिकाको वडा नं. १६ मा पर्ने दक्षिण गेठको घरहरु कालो बजारी गर्नेहरु , अवैध धन्धा तथा लागुऔषध माफ़ियाहरुको अखाडा बनेको छ ।
दक्षिण गेठ भनेर चिनिने नेपाल भारत सिमा दशगजा संगै टासिएको बिराटनगर जुटमिलले मजदुर कर्मचारीहरुलाई बस्न बनाएको घरहरु अहिले दुई नम्बरी अवैध काम गर्ने तस्करहरुकोलागी बरदान बनेको हो ।
त्यहाको घरहरुको भारत तर्फ़को झ्यालको जाली हटाएर सुरक्षित साथ अवैध सामग्री औषधि, लागुऔषध लगायतका अन्य धेरै प्रतिबन्धित सामग्रीहरु त्यहा बाट ओसार पोसार हुनेगरेको छ । त्यति मात्रै नभएर कोरोना महामारी को संक्रमण समुदायमा तिव्र रुपमा फ़ैलिरहेको बेला पनि अवैध रकम लिएर मान्छे समेत ओसार पोसार गर्ने गरेको देखिएको छ ।
सीमा लकडाउन रहेको अवस्थामा इलाका प्रहरी कार्यालय रानी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनिको टोलीले उक्त स्थानबाट पहिले पनि धेरै अवैध सामानहरु पक्राउ गरेर कतिलाई त कतिलाई मुद्दा समेत चलाएको प्रहरीहरु बताउछन ।
चौबिसै घण्टा प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रहरी कार्यालय मोरङ्ग र प्रदेश नम्बर १ प्रहरी कार्यालय बाट खटेको सादा पोसाकको प्रहरी कर्मचारीहरुले पनि उक्त ठाउमा विशेष निगरानी गरिरहेका हुन्छन तर अवैध काम गर्नेहरुको लागी एक घण्टाको समय पनि धेरै हुने गरेको छ ।
दक्षिण गेठ बाट निकालिएको सामानहरु तुरुन्त अर्को घरमा सारिने तथा दक्षिण गेठको उत्तर तर्फ़ रहेको बिराटनगर जुटमिलको जंगल भित्र लुकाउने र रातको अन्ध्यारो समयको फ़ायदा उठाउदै उक्त सामानहरु गन्तव्य सम्म पुर्याउने गरेको हो ।
प्रहरीले यस्ता ठाउँहरुबाट ल्याईएको अवैध सामानहरु धेरै पटक पक्राउ गरेपनी सम्बन्धीत मान्छेलाई कर्वाही गर्न नसक्नुले पनि दुईनम्बरीहरुको मनोबल उच्च भएको बताइन्छ ।
एक दुई पटक सामान प्रहरी पक्राउ गरेर जफ़त गरेपनि त्यो भन्दा कैयौं गुना बढी कमाई हुने कारणले गर्दा यो अवैध कार्य अझै नरोकिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
राजेश कुमार शर्मा
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…