अभियन्ता झाले बनाए मैथिली भाषाको ‘टयुटर’ एप
न्यूज ब्युरो, जनकपुरधाम । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ ( Maithili Tutor) नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन् । बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन। अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका हुन । अस्ट

२०७७ असोज १४ बुधबार, दिउँसो ३:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ ( Maithili Tutor) नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन् ।
बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन। अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका हुन ।
अस्टे«लियाको लाँ ट्रो विश्वविद्यालयबाट दूरसञ्चार र नेटवर्क इञ्जिनीयरिङमा एमई गरी भारतको एउटा कम्पनीमा कार्यरत रहनुभएका उहाँ बन्दाबन्दीका कारण घरबाटै कार्य सम्पादनका क्रममा सो एपको विकास गरेका हुन् ।
मैथिली टयुटर नामक एपबाट मैथिली भाषा सजिलै सिक्नसक्ने विशेषता रहेको छ भने यसबाट मैथिली भाषीलगायत अन्य भाषीसमेत मैथिली भाषा सिक्न सकिनेछ ।
अभियन्ता झा भन्छन, “आफू अस्टे«लियामा अध्ययन गरे पनि मैथिली भाषाप्रतिको अगाध आस्था र पारिवारिक सदस्य एवं समाजको सहयोग एप विकासका लागि उत्प्रेरित गरेको हो ।” एपमा मैथिली भाषाको ऐतिहासिकताबाट प्रारम्भ गरी पाँच अध्यायमा भाषा बोल्ने र सिक्ने सीप र अभ्यासको विकास गरिएको छ ।
अभियन्ताका आमा आरती झा अभिनव मैथिलीे भाषाको एप विकासले विश्वभरि पु¥याउनमा सफलता पाएकामा आफू गौरव महसुस गरिरहेको बताउँछन् ।
अडियो, भिडियो, ग्राफिक्स र एनीमेशनको सहयोगले १५ दिनमा विकास गरिएको यस एपलाई गुगल प्लेस्टोरबाट डाउनलोडगरी मैथिली भाषा सजिलै सिक्नसक्ने बताइएको छ ।
मैथिली भाषा विश्वव्यापी बनाउनको लागि राजविराजका युवाहरु विजय चौरसिया विप्लव आनन्द लगायतका आधा दर्जन युवाहरु मैथिली विकिपेडिया समेत बनाएर भाषा प्रचार प्रसारमा लागेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…