शहिदनगरका बालबालिकालाई बैकल्पिक विधिले निरन्तर पठनपाठन
अध्ययापनबाट बाहिर नजाओस भन्ने उदेश्यले वैकल्पिक शिक्षालाई निरन्तरता दिएको

२०७७ असोज १३ मंगलबार, राति ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा बालबालिकाहरुलाई बैकल्पिक विधिबाट पठनपाठन निरन्तर जारी राखिएको छ ।
कोरोनाको महामारीलाई मध्यनजर गर्दै सरकारले बन्द गरेको विद्यालयको अवधीमा नगरपालिका भरिका बालबालिकाहरुलाई स्थानीय स्तरमै बैकल्पिक विधिबाट नियमित अध्ययन अध्ययापन गराइरहेको छ ।
सरकारले वैकल्पिक शिक्षा विधिबाट बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न गरेको परिपत्र बमोजिम अन्य नगरपालिकाहरुले ठप्प गरेको बेला शहिदनगर नगरपालिकाका शिक्षकहरुले बालबालिकाहरुलाई गाउँस्तरमै समाजिक दुरी कायम सहित सुरक्षाको विधि अपनाएर वैकल्पिक शिक्षा नियमित गरेको छ ।
भौतिक रुपमा विद्यालय जान सक्ने अवस्था नभएको भन्दै नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले बालबालिकाहरुको शैक्षिक सत्र भन्दा पनि उनीहरुको ध्यान अध्ययन अध्ययापनबाट बाहिर नजाओस भन्ने उदेश्यले वैकल्पिक शिक्षालाई निरन्तरता दिएको बताए ।
उनले भने,–“झण्डै आधा वर्षको विदाले बालबालिकाहरु कुलतमा लाग्न सक्ने सम्भावना बढी हुन्छ । रहनसहन र बेकाम बसेर पनि पठनपाठनबाट ध्यान परै गएपछि उनीहरुलाई पुनः यसप्रति ध्यानाकर्षण र पढाईप्रति तटस्थ बनाउन समय लाग्न सक्छ । त्यसैले उनीहरुलाई पठनपाठनमा नियमित गरिएको छ ।”
शहिदनगर नगरपालिकाको शिक्षा शाखाले नेपाल सरकारको परिपत्र बमोजिम सो वैकल्पिक विधि अपनाएर बालबालिकाहरुलाई पठनपाठन नियमित गरेको शिक्षक कृष्ण (अरबिन्दं भिन्भारले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…