नेपाल रेल्वेमा कर्मचारी भर्ना स्थगित भएको छैन, हल्लाको पछाडी नलागौं : महाप्रबन्धक भट्टराई
कर्मचारीलगायत नियुक्तिका प्रक्रिया नेपाल रेल्वे कम्पनीले १ हप्ताअघि मात्रै शुरू गरेको छ ।

२०७७ असोज ८ बिहीबार, दिउँसो १२:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक (जिएम) गुरु भट्टराईले रेल्वेमा कर्मचारी भर्ना स्थगित गरिएको समाचार, तथ्य अफवाह र हल्ला मात्र भएको बताएका छन् ।
विभिन्न सँचारमाध्यम, समाजिक सँजालमा नेपाल रेल्वे कम्पनीको लागि माग गरिएको १ सय २९ जना कर्मचारीको लागि भर्ना प्रक्रिया जारी रहेको बताउँदै केही जनाले अफवाह मात्र फैलाउन खोजेको बताए ।
केही अनलाईन तथा पत्रपत्रिकाहरुमा समेत रेल्वेमा कर्मचारी भर्ना प्रक्रिया तत्कालै स्थगित गरिएको कुरा हल्ला मात्र भएको जिकिर गरे । उनले विभिन्न पदको लागि खुल्ला गरिएको कर्मचारी भर्ना प्रक्रिया निश्चित समयमै हुने र हल्लाको पछाडी नलाग्न सबैमा आग्रह गरे ।
गोरखापत्र दैनिकमा नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदको लागि १ सय २९ जना कर्मचारी माग गरेको थियो । सो मध्ये अहिलेसम्म प्रदेश नं. २ बाट नै सबभन्दा बढी उम्मेदवारहरु अनलाईन फाराम भरेको उनले बताए ।
जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमीटरमा चल्ने रेलका लागि आवश्यक कर्मचारीको नियुक्ति तत्काल कुनै पनि हालतमा नरोकिने बताउँदै समाजिक सँजाल वा विभिन्न अनलाईनहरुमा आउने भ्रामक समाचारप्रति ध्यान नदिई कर्मचारी भर्नाको लागि उम्मेदवारहरुले निर्वाध र निश्चिन्त भएर फाराम भर्न आग्रह गरेका छन् ।
.jpg)
न्यूज ब्यूरोसँगको सँक्षिप्त कुराकानीमा महाप्रबन्धक भट्टराईले कोरोना महामारीका कारण रेल सञ्चालन अनिश्चित भएपनि कर्मचारी भर्ना प्रक्रिया भने रोकिने छैनन् । कर्मचारी भर्ना कार्य र प्रक्रिया जारी रहँदै निश्चित समयमै कर्मचारी पनि नियुक्ती गरिने ठोकुवा गरे ।
‘कर्मचारी नियुक्तिको प्रक्रिया शुरू गरिएको छ, १२९ जना कर्मचारी करारमा नियुक्ति गर्न सूचना जारी गरिएको छ भने भारतबाट पनि रेल चालक र कन्ट्रोलर लगायत कर्मचारी ल्याउने प्रक्रिया शुरू गरिएको छ,’ भट्टराईले भने, ‘ कोरोना सँक्रमणको दर स्थित भएपछि रेल चल्ने निश्चित भएकोले कर्मचारी भर्ना प्रक्रियामा कुनै बाधा अवरोध नआउने बताए ।
कर्मचारीलगायत नियुक्तिका प्रक्रिया नेपाल रेल्वे कम्पनीले १ हप्ताअघि मात्रै शुरू गरेको छ । अहिले भट्टराईसहित १३ जना कर्मचारी कम्पनीमा कार्यरत छन् । भट्टराईका अनुसार अहिलेसम्म १३ हजार बढी जनाले विभिन्न पदको लागि आवेदन दिएका छन् । आगामी असोज १२ गतेसम्म अन्तिम समय रहेको आवेदनको लागि प्रदेश नं. २ को विभिन्न जिल्लाबाट आवेदन बढी सँख्यामा आएको बताए ।
रेल ल्याइसके पनि कोरोनाका कारण सञ्चालनमा अप्ठ्यारो हुँदा ती रेल नेपालको धनुषाको इनरुवामा पार्किङ गरी सुरक्षित साथ राखिएको छ ।
जनकपुर रेल्वेमा नोकरी, यसरी भर्नुहोस अनलाईन फारम (सबै तरिका सहित)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…